महानगरको कार्यालयमा बम बिस्फोट
सारांश
- काठमाडौं ।
- चितवनको भरतपुर महानगरपालिकाको – ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको छ ।
- गएराति सवा १२ बजे शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको – ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको छ ।
गएराति सवा १२ बजे शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ ।
बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । बिस्फोट लगत्तै भएको आगलागीमा महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो । बिस्फोट कसले र किन गराएको भन्ने खुलेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुसिलसिंह राठौरले दिएको जानकारी अनुसार विस्फोटनमा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएकाे छ ।
मन्त्री परिषद्को बैठकले विल्पव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको केही घण्टा नबित्दै शक्तीशाली बिस्फोटन हुनाले बिस्फोटन विल्पव समूहबाटै भएको हुन सक्ने अनुमान गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया