सलमान खानलाई च्यालेञ्ज दिने बलिउड हिरोइन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सलमान खानलाई च्यालेञ्ज दिने बलिउड हिरोइन !

सारांश

  • बलिउड फिल्म उद्योगमा प्रवेश गर्न चाहने नव हिरोइनहरु सलमान खानसँग अभिनय गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छन् ।
  • नव–प्रवेशी मात्रै होइन, स्थापित हिरोइनहरु नै पनि सलमानसँग अभिनय गर्न पाउँदा आफ्नो करियर अझै उकालो लाग्ने सोच्छन् ।
  • तर त्यही बलिउड भित्र दीपिका पादुकोण त्यस्ती हिरोइन हुन जो सलमानसँग फिल्म खेल्न खासै रुची राख्दिनन् ।

बलिउड फिल्म उद्योगमा प्रवेश गर्न चाहने नव हिरोइनहरु सलमान खानसँग अभिनय गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छन् । नव–प्रवेशी मात्रै होइन, स्थापित हिरोइनहरु नै पनि सलमानसँग अभिनय गर्न पाउँदा आफ्नो करियर अझै उकालो लाग्ने सोच्छन् । तर त्यही बलिउड भित्र दीपिका पादुकोण त्यस्ती हिरोइन हुन जो सलमानसँग फिल्म खेल्न खासै रुची राख्दिनन् । दीपिका र सलमानलाई लिएर फिल्म बनाउने प्रयास धेरै निर्माता निर्देशकले गरिसके । तर अहिलेसम्म कोही पनि सफल बनेको देखिदैन । अहिलेसम्म सलमानको को–स्टारको रुपमा अभिनय गराउने धेरैले दीपिकालाई अनुरोध गरिसके । तर विभिन्न कारणले उनीहरुको इच्छा अझै पुरा हुन सकिरहेको छैन ।

दीपिकाले अस्वीकार गरेका फिल्महरु

सुल्तान
सलमानसँग अभिनय गर्न प्रस्ताव गरिएको फिल्ममध्ये सुल्तान पनि एक हो । २०१६ मा प्रदर्शनमा आएको यो फिल्ममा अभिनय गर्नका निम्ति दीपिकालाई ५ पटकसम्म अनुरोध गरिएको थियो । तर समय नभएको भन्दै उनले अभिनय गर्न मानिनन् ।
बजरंगी भाइजान
दीपिकाले सलमानसँग अभिनय गर्न अस्वीकार गरेको अर्को फिल्म हो ‘बजरगी भाइजान’ । २०१६ कै सुपरहिट यो फिल्मका लागि सुरुमा दीपिकालाई प्रस्ताव गरिएको थियो । तर यो पटक पनि उनले समय नभएको भन्दै अस्वीकार गरिन् । दीपिकाले नभ्याए पछि उनको स्थानमा करिना कपुरलाई अभिनय गराइएको हो ।

जय हो
‘जय हो’मा पनि सलमान खानसँग अभिनय गर्न दीपिकालाई अनुरोध गरिएको थियो । तर यो फिल्मा पनि उनलाई सलमानसँग अभिनय गराउने प्रयास सफल हुन सकेन । यो फिल्मलाई पनि दीपिकाले अस्वीकार गरे पछि उनको स्थानमा डेजी शाहलाई अभिनय गराइयो ।

किक
‘किक’मा पनि दीपिकालाई सलमानको जोडीको रुपमा अभिनय गराउने प्रयास भएको थियो । तर यो पटक पनि निर्माता निर्देशक सफल बन्न सकेनन् । २०१४ मा प्रदर्शनमा आएको किकमा दीपकाले अभिनय नगरे पछि ज्याकलिन फर्नाण्डिजलाई अभिनय गराइएको हो । दीपिका शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यू इयर’मा व्यस्त भएका कारण उनले किकमा अभिनय गर्न नमानेकी हुन् ।

प्रेम रतन धन पायो
दीपिकाले सलमानसँग अभिनय गर्न नमानेको फिल्ममा ‘प्रेम रतन धन पायो’ पनि पर्छ । २०१५ मा प्रदर्शन भएको यो फिल्ममा दीपिकाले अभिनय नगरे पछि सोनम कपुरलाई अभिनय गराइएको थियो ।

किन मान्दिनन् दीपिका ?
सलमान खानँसग दीपिकाले अभिनय गर्न नमान्नुका कारण सलमानको फिल्मको शैली हो । सलमानको फिल्ममा हिरोइनलाई कुनै महत्वपुर्ण भूमिका दिइएको हुँदैन, जुन दीपिकालाई मन पर्दैन । सलमानको फिल्मको स्क्रीप्टमा सलमानलाई ८० प्रतिशत र हिरोइनलाई २० प्रतिशत मात्रै महत्व र भूमिका दिइएको हुन्छ । यही कारण पनि दीपिकालाई सलमान खानका फिल्मका अभिनय गर्न मन लाग्दैन । दीपिका अन्य बलिउड हिरोइन जस्तो हिरोसँग नाँच्ने र ग्ल्यामर्स प्रस्तुत गर्न मात्रै चाहन्नन् । पिकु, बाजिराव मस्तानी, ओम शान्ति ओम जस्ता फिल्ममा गरे जस्तो महत्वपुर्ण भूमिका र अभिनय देखाउन पाएको खण्डमा मात्रै दीपिकाले अभिनय गर्ने गरेकी छिन् । सायद यी र यस्तै कारणले पनि उनले सलमान खानसँग अभिनय गर्न अस्वीकार गर्दै आइरहेकी हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Astrologer Udayraj Niraula

    Kuro yesto po

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?