बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए

सारांश

  • काठमाडौं ५,चैत।
  • व्यक्तिलाई बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले बाँकेका ८ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
  • सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गएराति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

काठमाडौं ५,चैत। व्यक्तिलाई बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले बाँकेका ८ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गएराति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

हरीले नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

मालपोत कार्यालय बाँकेबाट सरुवा भएर हुलाक कार्यालय बाँके पुगेका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ १५ गतेको राशिफल यस्तो छ
माघ १५ गतेको राशिफल यस्तो छ
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
चार हजारलाई घरमै नागरिकता
चार हजारलाई घरमै नागरिकता
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा, बाँस्कोटाको बिरासत तोड्न हुमागाईँलाई कति कठिन ?
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो
गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो
विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा
विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याइयो, मनोज पुन अझैं फरार
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !

तपाईंले छुटाउनुभयो कि?