सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’

सारांश

  • काठमाडौं ।
  • संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समीम मियाँ अन्सारीले प्रस्तुत गर्नुभएको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र छानबिन गर्ने भएको छ ।
  • समितिको बैठकमा सदस्यले अन्सारीले समितिमा प्रस्तुत गर्नुभएको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि शङ्का व्यक्त गरेका थिए ।

काठमाडौं । संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समीम मियाँ अन्सारीले प्रस्तुत गर्नुभएको नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र छानबिन गर्ने भएको छ ।

समितिको बैठकमा सदस्यले अन्सारीले समितिमा प्रस्तुत गर्नुभएको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि शङ्का व्यक्त गरेका थिए । नेकपाको केन्द्रीय सदस्य रहेकै बेला संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा प्रस्ताव गरेको हुँदा नाम समितिले अनुमोदन गर्न नमिल्ने केही सांसदले तर्क गरे ।

“तपाइँले प्रस्तुत गर्नुभएको नागरिकताको प्रतिलिपिमा नागरिकता दिने व्यक्तिको दस्तखत छैन, तपाईं कानूनी धरापमा पर्न सक्नुहुन्छ, नागरिकता भनेको संवेदनशील र आधिकारिक प्रमाणपत्र हो, तपार्इंले दुई वटा मितिमा लिएका नागरिकता लिएको देखिएको छ” बैठकमा सांसद योगेश भट्टराईले भने, “मर्यादित आयोगको सम्मानित पदमा जाने व्यक्तिले यस्ता कच्चा काम गर्न नहुने उहाँको भनाइ थियो । सांसद भट्टराईले भन्नुभयो, “तपाईं पछि हट्नुस् अन्यथा कानूनी धरापमा पर्नुहुन्छ ।”

सांसद पूर्णकुमारी सुवेदीले नागरिकता नमिलेको र शैक्षिक योग्यताको प्रमाणपत्र पनि कच्चा देखिएको अवस्था भएकाले समितिले होशियारीका साथ निर्णयमा पुग्नुपर्ने बताइन् ।

सांसद सुरेन्द्र पाण्डेले पार्टीको केन्द्रीय सदस्य भइरहेको अवस्थामा आयोगको अध्यक्षमा नाम सिफारिश भएको देखिएकाले संविधान विपरीत हुन सक्नेतर्फ सचेत रहन सुझाव दिए ।

बैठकमा आफ्नो योग्यता, रुचि, अवधारणासहितको कार्ययोजना प्रस्तुत गर्दै अन्सारीले भने आफू कुनै पनि हालतमा ब्यान नहुने जिकिर गरे । “म कुनै हालमा ब्याक हुन्न किन भने मेरो नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रमा त्रुटि छैन, मबाट त्रुटि भए देशमा कानून छ, जस्तोसुकै सजाय भोग्न तयार छु, उनले भने । सुनुवाई समितिको बैठकले ससदीय सुनुवाइपछि प्रमाणपत्र र नागरिकताबारे सम्बन्धित निकायबाट थप जानकारी लिने निर्णय गरेको छ ।

(picklelicious.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?