उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री

सारांश

  • वासिङ्टन।
  • अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन्।
  •   उनले एक अमेरिकी रेडियोलाई दिएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताएका हुन्।
वासिङ्टन। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताएका छन्। 
उनले एक अमेरिकी रेडियोलाई दिएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताएका हुन्। 
उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो राखिरहेको र यस विषयमा आवश्यकताअनुसार पुनः वार्ता गर्ने उनको धारणा थियो। 
अमेरिकाको ‘बि ९८ एफएम’ लाई दिनुभएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले भनेका छन्– हामीलाई विश्वास छ कि हामी यस विषयमा प्रतिक्षामा छौँ र उत्तर कोरियाले यस विषयमा गरेका प्रतिबद्धताहरु पालना गर्ने विश्वासमा छौँ। 
हामीले इतिहासमा नै सबैभन्दा गाह्रो आर्थिक नाकाबन्दी पनि लगाएका छौँ र हामीले इतिहासकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक वार्ताहरु पनि गरेका छौँ– उनको भनाइ थियो। 
हनोइमा अमेरिका र उत्तर कोरियाबीचमा भएको उच्चस्तरीय वार्तामा केही प्रगति भने भएको धारणा राखे। उत्तर कोरियाको आणविक कार्यक्रम यस दशककै गाह्रो विषय भएकोले यसमा अरु केही वार्ताहरु पनि गर्नुपर्ने हुनसक्ने उको भनाइ थियो। 
उनले भने– सिंगापुरमा गत वर्ष भएको वार्तापछि केही हप्तामात्र अघि भियतनामको हनोइमा महत्वपूर्ण वार्ता भयो र त्यहाँ थोरै मात्र भए पनि प्रगति भएको छ, यसलाई हामी आगामी दिनका लागि पनि निरन्तरता दिन चाहन्छौँ। 
उता केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने बताएका थिए। 
उनले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताइरहेका बेला सोमबार अमेरिकी विदेशमन्त्रीको यो धारणा आएको छ। 
अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो।
तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ। तर आफूहरु सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाइ छ। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो। 
सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभएको बताइएको थियो। तर हनोइ वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका थिए। 
उनीहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो। सो वार्तामा निशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको छ। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई
सशस्त्र संघर्ष नगरी जनयुद्ध गर्छैँः बाबुराम भट्टराई
एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय
एमाले सांसद लीलावल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
कपिलवस्तुका कोरोना संक्रमित ३० मध्ये २९ भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरु
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
लेखनाथ महानगरपालिकामा  शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
लेखनाथ महानगरपालिकामा शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
इजरायलमा भएका नेपाली नागरिकको उद्धारका लागि जहाज पठाउँदै सरकार
इजरायलमा भएका नेपाली नागरिकको उद्धारका लागि जहाज पठाउँदै सरकार
पोर्चुगलमा नेपाली पाठशाला स् कखरा सिक्दै नेपाली बालबालिका
पोर्चुगलमा नेपाली पाठशाला स् कखरा सिक्दै नेपाली बालबालिका
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
बैशाख ८ गते सोमबारको राशिफल यस्तो छ
बैशाख ८ गते सोमबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?