गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
१०
|
४२ पटक हेरिएको
Shares
गोर्खाको एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धा , बाबुराम कि नारायणकाजी भन्दै बाजी

सारांश

  • गोरखा : गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ ।
  • पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने छ ।
  • प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ ।

गोरखा : गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ ।

पहिलो चरणको निर्वाचनमा यी दुई नेतामध्ये को जित्ने भन्ने परिणाम थाहा पाउन दोस्रो चरणको निर्वाचनसम्म कुर्नुपर्ने छ । प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ ।

गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन् । गोरखा नगरपालिका १३ का गुरुङ थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा थापालाई एकलाख तिर्न तयार भएका छन् । उनीहरुले एकेक लाख रुपियाँ दुवैले विश्वास गर्ने एक मध्यस्थलाई बुझाइसकेको जानकारी दिए ।

बाजी खेल्दै गोनपा ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपियाँको बाजी थापेका छन् । उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन् । उनीहरुले पनि मध्यस्थलाई ५०÷५० हजार रुपियाँ बुझाइसकेको जनाएका छन् ।

त्यस्तै गोनपा ८ कै अर्का थापा थरका युवाले भट्टराईले जित्ने दाबी गर्दै हारेमा ५० हजार तिर्ने जनाएका छन् । श्रेष्ठले जित्ने अडानका साथ बस्नेत थरकै अर्का युवाले ५० हजार रुपियाँ तिर्न राजी भएका छन् । उनीहरुले पनि ५०÷५० हजार रुपियाँ जम्मा गरिसकेका छन् ।

थापा थरका स्थानीय अर्का युवाले भट्टराईले जित्ने दाबीका साथ ५० हजार रुपियाँको बाजी खेलेका छन् । उनका जोडी कट्टेल थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबी गर्दै हारेमा १० हजार रुपियाँ तिर्ने खेल खेलेका छन् । उनीहरुको रकम पनि मध्यस्थलाई बुझाइसकेका छन् ।उनीहरु सबैले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै बाजी खेल रमाइलोका लागि बाजी खेलेको जनाएका छन् ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Desh Bhakta

    परिबर्तन को निम्ती ठुलो त्याग तपस्या सहित सारा जिबन राजनिती मा ब्यतित गरेका डा. बाबुराम भट्टराई को अगाडी अबसरबादी र छुल्याहा प्रबृ्त्ति को नारायणकाजी लाई तुलना गर्नु नै अन्याय हो।
    गोरखाबासी ले अत्याधिक मतले बाबुराम लाई जिताई सकेका छन।
    डा. बाबुराम भट्टराई भनेको भोली नेपाली कांग्रेस ले देशको प्रधानमन्त्री सिफ़ारिश गर्ने ब्यक्तित्व हुन।

    Comment Author

    Shiva Shrestha

    नारायणकाजी श्रेष्ठ

    Comment Author

    Nagendra Chaulagain

    Dr Babu Ram

    Comment Author

    Chakra Acharya

    Mawobadi bat pm huda ta party choder hido aab kangres bat bhayer kehi khulkidaina

    Comment Author

    Ek Ne

    Bm

    Comment Author

    Devraj Joshi

    बाबुराम

    Comment Author

    Bhupal Ghimire

    नारायण काजि

    Comment Author

    Nawaraj Bhusal

    Baburam jitnu parxa

    Comment Author

    Bm Kshitiz Shrestha

    नारायणकाजी श्रेष्ठ

    Comment Author

    Abishek Bulan

    नारायणकाजी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?