झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ

सारांश

  • काठमाडौं ।
  • झुठो समाचार लेखेर अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले एकजना पत्रकारलाई पक्राउ गरेको छ ।
  • परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौंका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो ।

काठमाडौं । झुठो समाचार लेखेर अफवाह फैलाएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले एकजना पत्रकारलाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौंका १० स्थानमा बम विस्फोट भयो भन्ने झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा कपिलवस्तुका २१ वर्षीय गौरव खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो ।

‘आवाज डटकम’ अनलाइनमार्फत जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

अनलाइनमा अमर्यादित, भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएकाले पक्राउ गरेको उनले बताए । खनाललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी साइबर अपराध मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?