सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !

सारांश

  • असार ४, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर ७ का सासंद भरतबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै खड्काले देउवाले गुटगत रुपमा नेतृत्व गरेको जिकिर गरे ।

असार ४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर ७ का सासंद भरतबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै खड्काले देउवाले गुटगत रुपमा नेतृत्व गरेको जिकिर गरे । “उहाँ असफल भइसक्नुभएको छ । उहाँ नेपाली कांग्रेसको मात्रै सभापति होइन, मुलुककै राजनेता बनेनन् भन्ने हाम्रो चिन्ता हो । तर उहाँ त कांग्रेभित्र पनि एउटा गुटको मात्रै सभापति बन्नुभयो ।” खड्काले भने ।

सुदूरपश्चिम क्षेत्रमा देउवाले सिन्डिकेट लाद्ने गरेको अरोपसमेत खड्काले लगाए । “यति ठूलो सिन्डिकेट छ, जुन चिर्न त्यति सजिलो छैन । उहाँको कार्यशैलीले नै कांग्रेस कमजोर भएको हो ।”उनले भने ।

देशैभरी देउवाले गलत तरिकाले नेतृत्व गरेको आरोप लगाउँदै उनले सुदूरपश्चिममा आफूहरुका लागि बहुदल नै नआएको गुनासो गरे । “यहाँ त प्रजातन्त्र आएकै छैन । सुदूरपश्चिममा अर्थात सात नम्बर प्रदेशमा त उहाँको सिन्डिकेट छ । कांग्रेसभित्र हामीलाई प्रजातन्त्र आएको छैन ।” खड्काले भने ।

देउवाले प्रधानमन्त्री हुँदा पनि कुनै राम्रो काम गर्न नसकेको उनको आरोप छ । अनुशासन र विधिको उल्लंघन गरेर देश र पार्टीलाई कमजोर बनाएको खड्काको जिकिर छ ।

“चारपटक प्रधानमन्त्री हुँदा मुलुकम केही गर्न सक्नुपथ्र्यो । न सुशासन छ, न कार्यकर्तालाई अभिभावकत्व छ । उहाँ पुरै असफल हुनुभयो ।”

देउवाको सिन्डिकेट तोड्ने प्रयासमा आफूहरु लागिपरेको उनको भनाई थियो । अब हुने महाधिवेशनले सबै हिसाबकिताब गर्ने चेतावनी खड्काले दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
एक दिने निशुल्क आखा शिविर सम्पन्न, ८८ जनामा माेतिया विन्दु फेला ।
एक दिने निशुल्क आखा शिविर सम्पन्न, ८८ जनामा माेतिया विन्दु फेला ।
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि  फैसला, देउवाको मनोनयन कायम
आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि फैसला, देउवाको मनोनयन कायम
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक, शिर्ष नेतालाई फोन
संसदमा कुनै पनि दलको बहुमत पुगेन
संसदमा कुनै पनि दलको बहुमत पुगेन
खेल समाचार :विश्वकप छनोट : नेपाल–चीन भिड्दै
खेल समाचार :विश्वकप छनोट : नेपाल–चीन भिड्दै

तपाईंले छुटाउनुभयो कि?