कांग्रेसका तीन नेता देश दाैडाहामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेसका तीन नेता देश दाैडाहामा

सारांश

  • काठमाडाैं।
  •   प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन्।
  • वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.
काठमाडाैं।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह अहिले देश दौडाहमा छन्। 
वरिष्ठ नेता पौडेल चैत १३ गतेसम्मका लागि पूर्वी जिल्लाको भ्रमणमा निस्कएका हुन्। उनका साथमा केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी,गगन थापा पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन्। उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागि हुनेछन् ।  
पौडेल चैतको ८ देखि १३ गतेसम्म पूर्वी जिल्लाको भ्रमणमा गएकोे उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। उनीले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । 
त्यसैगरी पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनी चैत १० गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् ।
यस्तै पौडेल चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रि बास बस्न जनकपुर जाने छन् । १३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ । 
यसैगरी महामन्त्री डा शशाक कोइरालाले भने आइतबारबाट पश्चिम नेपालको भ्रमणमा निस्केका छन्। महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका हुन । कोइराला आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन । चैत्र ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव एंव कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए । महामन्त्री कोइराला बाँकेपछि दाङ जाने कार्यक्रम रहेको छ । 
कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ । उहाँले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ । १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्नुहुनेछ । उहाँ १५ गते गुल्मी बस्नुहुनेछ भने चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । कोइरालाका साथमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन् । 
यता पूर्व महामन्त्री प्रकाशमान सिंह पनि चैत १० गते आइतबारबाट देश दौडाहामा निस्किने भएका छन् ।   नेता सिंह आइतबारबाट पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङमाको भ्रमणमा जाने उनका प्रेस सहयोगी युपि लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार चैत्र १० गते नेपाली काँग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् । 
यस्तै सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?