किष्ट बैंक ठगीमा फरार पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
किष्ट बैंक ठगीमा फरार पक्राउ

सारांश

  • काठमाडौं – तत्कालीन किष्ट बैंक ठगीमा दोषी ठहर भई फरार रहेकी देवकी वस्ताकोटी पक्राउ परेकी छिन् ।
  • प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई टंकीसिनवरी बाँसबारी, मोरङबाट पक्राउ गरेको हो ।
  • अनामनगरस्थित जम्को प्रकाशन प्रालिकी सञ्चालक वस्ताकोटीलाई पुनरावेदन अदालत पाटनकोे ०७३ जेठ १३ गतेको फैसलाले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो ।

काठमाडौं – तत्कालीन किष्ट बैंक ठगीमा दोषी ठहर भई फरार रहेकी देवकी वस्ताकोटी पक्राउ परेकी छिन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई टंकीसिनवरी बाँसबारी, मोरङबाट पक्राउ गरेको हो ।

अनामनगरस्थित जम्को प्रकाशन प्रालिकी सञ्चालक वस्ताकोटीलाई पुनरावेदन अदालत पाटनकोे ०७३ जेठ १३ गतेको फैसलाले बैंकिङ कसुरमा दोषी ठहर गरेको थियो । उक्त फैसलामा वस्ताकोटीलाई चार वर्ष कैद र चार करोड २६ लाख ८३ हजार पाँच सय ११ रुपैयाँ जरिवाना तोकिएको छ । बैंक ठगी फरार रहेकी उनलाई पक्राउ गर्न ब्युरोले विशेष टोली परिचालन गरेको थियो ।

वस्ताकोटीले व्यावसायिक कारोबार विस्तार गर्ने प्रयोजनका लागि किष्ट बैंकबाट लिएको १२ करोड रुपैयाँ जोखिमयुक्त कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेकी थिइन् । उनले बैंकका तत्कालीन सिइओ कमलप्रसाद ज्ञवालीको सहयोगमा बैंकका कर्जा लगानी स्वीकृत समितिका पदाधिकारी र कर्मचारीसमेतलाई प्रभावमा पारी कमसल धितोको बढी मूल्यांकन गराई उक्त कर्जा लिएकी थिइन् ।

धितोबापत कम्पनीको स्टकमा रहेका पुस्तकको मूल्य बराबरको रकम ६ करोड ६ लाख ४६ हजार पाँच सय ९० रुपैयाँ उधारोमा गएका पुस्तकको उठाउन बाँकी रकम पाँच करोड ५० लाख ४८ हजार र भक्तपुरको साविक दिव्यपुरी गाविस–१६ का विभिन्न स्थानका कुल क्षेत्रफल १–५–१–० को जग्गाको मूल्यसमेत गरी कुल १७ करोड पाँच लाख हुने गरी कमसल धितोको अधिक मूल्यांकन गराई ०६७ असार ३१ गते १२ करोड जोखिमयुक्त कर्जा लिएको र सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेकी थिइन् ।

वस्ताकोटीलाई फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा पेस गरी अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार कार्यालय मोरङमा पठाइएको ब्युरोद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नागरिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?