चैतभित्र विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
चैतभित्र विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन् ।
  • नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नआए नियन्त्रण गर्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिमा नआए नियन्त्रण गर्ने बताए ।

“उहाँहरु सहमतिमा आए ठीकै छ । नत्र विप्लव समुहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ” प्रधानमन्त्रीले भने, “विकास निर्माण, शिक्षा, स्वास्थ्यमा अवरोध गर्ने, चन्दा, माग्ने, मान्छे मार्ने अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।”

प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् । सरकारका कामबारे प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोप खण्डन गर्न सांसदलाई निर्देशन भएको हो ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले सांसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको र लक्ष्य प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?