एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी

सारांश

  • काठमाडौं, ४ पुस ।
  • नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सभासम्बन्धीको अध्यादेश एकल वा बहुमतीय संक्रमणीय व्यवस्था भन्दापनि बीचको बाटोबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।
  • उनले भने,‘एकल वा बहमुतीय भन्दापनि अब समझदारीबाट यसलाई टुँगो लगाउनुपर्छ।

काठमाडौं, ४ पुस । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सभासम्बन्धीको अध्यादेश एकल वा बहुमतीय संक्रमणीय व्यवस्था भन्दापनि बीचको बाटोबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनले भने,‘एकल वा बहमुतीय भन्दापनि अब समझदारीबाट यसलाई टुँगो लगाउनुपर्छ।’

 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले एमाले–माओवादी केन्द्रको बाम गठबन्धनले करिब दुई तिहाई मत प्राप्त गरेकोले सरकारले नयाँ जनमतको सम्मान गर्दै नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले अबको उद्देश्य भनेको आर्थिक समृद्धि भएकोले सबै दलहरुवीच सहकार्य, एकता र समझदारी कायम गर्नुपर्ने धारणा राखे ।

उनले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने भन्दै आफूहरुलाई त्यसमा कुनै आपत्ति नहुने स्पष्ट पारे । उनले थपे,‘वाम गठबन्धनको चुनावी तालमेल मात्रै होईन, पार्टी एकताको लक्ष्य छ, त्यसैले ओलीजी प्रधानमन्त्री बन्दा हामीलाई कुनै आपत्ति छैन।’

यद्धपी उनले सरकार गठन र पार्टी एकतावीच दुवै पार्टीका शीर्ष नेताहरुवीच छलफल जारी रहेकोले यो विषय सहमतिमै टुँग्गिने विश्वास दिलाए ।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?