धुलिखेल अस्पतालको भेन्टिलेटरमा कोरोना संक्रमित महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ६, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काभ्रे, असोज ६ ।
  • कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।
  • यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

काभ्रे, असोज ६ । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडाँै मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् ।

हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
आजको मौसमः उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना
विद्युत् चुहावटबाट रु ६४ लाख असुली
विद्युत् चुहावटबाट रु ६४ लाख असुली
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली
एमालेले गरेको बिकास देखेर बिरोधी छटपटाए : ओली
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो
उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी

तपाईंले छुटाउनुभयो कि?