मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा

सारांश

  • मुम्बइ।
  • बलिउड अभिनेत्री कंगना रनोटले निर्माता तथा सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीबारे एक अन्तरवार्तामा सनसनीपूर्ण खुलासा गरेकी छिन् ।
  • एक अखबारलाई दिएको अन्तरवार्तामा उनले आफू बलिउडमा स्थापित हुन संघर्षरत दिनहरुलाई सम्झदैँ भनेकी छिन्, ‘पहलाज निहलानीले मलाई ‘आइ लव यू बस’ नामक चलचित्र अफर गरेका थिए ।

मुम्बइ। बलिउड अभिनेत्री कंगना रनोटले निर्माता तथा सेन्सर बोर्डका पूर्व अध्यक्ष पहलाज निहलानीबारे एक अन्तरवार्तामा सनसनीपूर्ण खुलासा गरेकी छिन् । एक अखबारलाई दिएको अन्तरवार्तामा उनले आफू बलिउडमा स्थापित हुन संघर्षरत दिनहरुलाई सम्झदैँ भनेकी छिन्, ‘पहलाज निहलानीले मलाई ‘आइ लव यू बस’ नामक चलचित्र अफर गरेका थिए । यसका लागि उनले मलाई एउटा फोटोसुट गर्न लगाए जसमा मलाई भित्रीवस्त्र नलगाई केवल स्टाटिनको रोब लगाउन भनिएको थियो । यो यस्तो युवतीको रोल थियो जसले आफ्नो अधवैँसे मालिकलाई रिझाउनु पर्ने थियो । यो एउटा सफ्ट पोर्नजस्तै चलचित्र थियो ।’

‘मैले फोटोसुट त गरेँ तर मलाई चलचित्र गर्न ठीक लागेन । मलाई लाग्यो यही कारणले आमाबुवाहरु आफ्नो छोरीहरुलाई चलचित्र क्षेत्रमा आउनबाट रोक्छन् । फोटोसुट गरेपछि मैले सिधै उनलाई नाइँ भन्न सकिन । त्यसैले म केही नभनी गायब भएँ र फोन नम्बर पनि परिवर्तन गरेँ ।’कंगनाको खुलासापछि एक पत्रिकाले पहलाज निहलानीसँग प्रतिक्रिया मागेपछि उनले आक्रोश व्यक्त गरे ।

निहलानीले कंगनालाई चेतावनी दिँदै भने, ‘उनले मसँग नखेले हुन्छ तर मसँग पनि भन्ने कुराहरु धेरै छन् ।’आफ्नोतर्फबाट सफाई दिँदै निहलानीले थपे, ‘मैले फोटोसुटका लागि डेढ करोड रुपैयाँ खर्च गरेको थिएँ र तीनवटा गीत पनि सुट गरेका थियौँ । यही फोटोसुटको कारण उनले महेश भट्टको ग्याङ्गस्टर भन्ने चलचित्रको अफर पाएकी थिइन् ।’

‘कंगनाले त्यसपछि मलाई चलचित्र काम गर्न नसक्ने भनेर आग्रह गरेकी थिइन् । त्यतिबेला उनले मसँग तीनवटा चलचित्रका लागि करार गरेकी थिइन् । कंगनाले कुरा गरेको चलचित्र चिनी कम भन्ने जस्तै चलचित्र थियो । मैले उक्त चलचित्रको लागि अमिताभ बच्चनलाई पनि अप्रोच गरेको थिएँ । त्यो कुनै पोर्न फिल्म थिएन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?