मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?

सारांश

  • मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
  • मोदी नेपालको दुई दिने भ्रमण गरेर फर्किए ।
  • भारत हाम्रो ठूलो छिमेकी भएकाले धेरै हदसम्म नेपालको राजनीती र अर्थतन्त्र भारतसंग जोडिएको छ ।

मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ? मोदी नेपालको दुई दिने भ्रमण गरेर फर्किए । भारत हाम्रो ठूलो छिमेकी भएकाले धेरै हदसम्म नेपालको राजनीती र अर्थतन्त्र भारतसंग जोडिएको छ ।

मोदीको यो भ्रमणको समग्र परिणाम भबिश्यले देखाउनेछ तर नेपालका तिर बाट हेर्ने हो भने हामीले मोदीको स्वागतका लागी कुनै कसर बाँकी राखेनौं । महाभुकम्प पछी भारतले लगाएको नाकाबन्दीको पिडा स्मरणमा ताजै रहेका बाबजुद नेपालीले मोदीलाई हाम्रो भारत संगको संबन्ध सहजै छ भन्ने देखाए ।

धेरैले वलीलाई “लम्पसारबाद तिर लागे, उनको खोक्रो राष्ट्रीयता उजागर भयो” भन्ने आरोप लगाएको पनि देखियो । वलीले चीन र भारतलाई सन्तुलनमा राख्न खोजेका हुन भने उनी अब चीन जाने छन र त्यस पछी चीनका राष्ट्रपती सि जिङ पिङ नेपाल आउने छन । चीनसंग नेपालको ब्यापार, पारबहन र लगानी अघी बढ्ने छ । यदी यसो भएन भने भारतको चीन रोक्ने नीती सफल भएको र वलीको लम्पसार बाद उजागर भएको मान्नु पर्ने हुन्छ।

भारतका तिर बाट हेर्ने हो भने मोदीले नाकाबन्दी पछी नेपालसंग बिग्रेको छबी सुधार्न “धार्मिक कुटनीती” को राम्रै सदुपयोग गरे । मधेसमा मोदी अझै लोकप्रिय भएकाले उनी पहीला जनकपुर आए भने भोली पल्ट मुक्तीनाथ र पशुपती नाथको दर्शन गरे । यो पाला राजनीतीक मुद्दा कम तर धार्मिक, साँस्कृतीक र आर्थीक मुद्दालाई बढी जोड दिएर नाकाबन्दीलाई भुलाउन वा त्यसलाई बिर्सेर अघी बढौं भन्ने सन्देश दिन खोजेको देखियो ।

यथार्थ के भने मैले यस अघी लेखे झै खुलेरै विगतका उतार–चढावको समीक्षा गरेर अघि बढ्नुपर्नेमा दुई देशबीच केही समस्या नै नभएजस्तो अभिनय गरेर अघि बढ्दा प्रगाढ विश्वास निर्माण हुने वातावरण बन्दैन ।

तर बाहिर भारतले खुलेरै नभने पनि भित्र चाँही नाकाबन्दी गरेर नीतीगत “ब्लन्डर” गरे कै हो भन्ने महसुस भएको देखिन्छ । मोदीले घुमाइ फिराइ “भुकम्प पछी नेपालले देखाएको सबलता, ६ महीनामा तीन तीन वटा चुनाब सम्पन्न गर्न सक्नु, नेपालले आफ्नो भबिश्य आफै तय गर्ने छ र भारत नेपालको साथमा छ” भन्नु ले त्यही सन्देश दिन्छ ।

भारत भबिश्यमा कसरी प्रस्तुत हुन्छ, त्यो समयले बताउनेछ । प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापती देउबाले आफ्ना बरिष्ठ नेता गणको दलबलका साथ मोदीलाई भेट्नु तर माओबादीका प्रचण्ड र फोरमका उपेन्द्र यादबले एक्ला एक्लै मोदीलाई भेट्नुले भाबी राजनीतीका बारे अनेक टीका टिप्पणी उठेका छन तर अहिले लाई भने “भुकम्प पछीको भारतको नाकाबन्दीका बाबजुद नेपालीहरु “अथिती देव भव“ भन्ने सताब्दियौं पुरानो उच्च संस्कार छोड्दैनन भन्ने सन्देश गएको छ ।

अझै पनि समानता, पारस्परिक बिश्वास र एक अर्का प्रतिको आदरका आधारमा नेपालसंग संन्तुलित संबन्ध निर्माण कसरी गर्ने भन्ने कुरामा “बल भारत कै कोर्ट” मा छ किनकी एक्काइसौं सताब्दीको भु(राजनीतीको यथार्थता के हो भने नेपाल जती भारतबाट हेपिएको महसुस गर्नेछ, त्यती बढी चीन तिर ढल्किने छ ।

सतहीरुपमा हाम्रो संबन्ध ठीक(ठाक छ भनेर देखाउन खोजे पनि नेपालको एउटा सिंगो पीढी (अहिलेको युबा पिढी) माझ भारतको नाकाबन्दीको तुस मेटाउन बर्षौं लाग्ने छ । अस्तु !!

(डा.अंगराज तिमिल्सीना )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?