पूर्व सांसद संजय साह सहित ७ जनालाई जन्मकैद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • जनकपुर १४,चैत।
  • जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा पूर्व सांसद तथा राज्यमन्त्री संजय साह ( टकला) सहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।
  • जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्तिभन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो ।

जनकपुर १४,चैत।जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा पूर्व सांसद तथा राज्यमन्त्री संजय साह ( टकला) सहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले बम विस्फोटका योजनाकार साहसँगै मुकेशकुमार चौधरी र राजन मुक्तिभन्ने रन्जित साहलाई जन्म कैदको सजाय सुनाएको हो ।यस्तै ओमप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र दीपेन्द्र झालाई पनि जन्मकैदको सजाय भएको छ ।

उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए ।

प्रतिवादीहरु जितेन्द्रकुमार कर्ण, आदित्य देब, नारायण भन्ने उमेश यादव र फुलकुमार यादव भने फरार छन् । उनीहरुको हकमा पछि फैसला हुने अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?