ब्रुमरपछि दमकल खरीद गर्ने तयारीमा कामपा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ब्रुमरपछि दमकल खरीद गर्ने तयारीमा कामपा

सारांश

  • काठमाडौँ, १६ चैत ।
  • काठमाडौँ महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरीद गरिने जानकारी दिनुभएको छ ।
  • आइसेट नेपालले शुक्रबार यहाँ आयोजना गरेको कामपामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कानूनी प्रावधानसम्बन्धी अन्तरक्रियामा कामपाका प्रमुख शाक्यले गर्मी बढेसँगै काठमाडौँमा आगलागीका घटनामा पनि वृद्धि हुने हुँदा क्षति कम गर्न थप दमकल खरीद गरिने बताउनुभएको हो ।

काठमाडौँ, १६ चैत । काठमाडौँ महानगपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रयोगमा रहेका दमकल कम भएकाले अब अत्याधुनिक नयाँ दमकल खरीद गरिने जानकारी दिनुभएको छ ।

आइसेट नेपालले शुक्रबार यहाँ आयोजना गरेको कामपामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कानूनी प्रावधानसम्बन्धी अन्तरक्रियामा कामपाका प्रमुख शाक्यले गर्मी बढेसँगै काठमाडौँमा आगलागीका घटनामा पनि वृद्धि हुने हुँदा क्षति कम गर्न थप दमकल खरीद गरिने बताउनुभएको हो । शाक्यले भन्नुभयो, “कामपामा हाल सञ्चालन गरिरहेको दमकलहरु उपहारस्वरुप आएका हुनाले कम छन्, त्यसैले नयाँ खरीद गर्न आवश्यक छ ।” हाल कामपामा चार वटा दमकल रहेकामा एउटा बिग्रिएको छ भने तीन प्रयोगमा रहेका छन् ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ०ले सचेत र सबल समुदायमा विपत्तिको असर कम हुने धारण व्यक्त गर्नुभयो । विपद् व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ ९शाक्य० ले महानगरले ठोस कानूनी आधार बनाएर विपत्को पूर्वतयारीमा जुटेको जानकारी गराउनुभयो ।

महानगरले अहिले वडा १०, १२ र ३१ मा आइसेट नेपालसँगको सहकार्यमा सुरक्षित शहर परियोजना सञ्चालन गरिरहेको छ । त्यस्तै जोखिम नक्साङ्कनको काम पनि गरिरहेको छ । यसमा प्राकृतिक तथा मानव सिर्जित विपत्तिका दृष्टिमा कुन स्थान कस्ता छन् र सबैभन्दा बढी जनधन क्षति भएको एवं हुन सक्ने स्थानको पहिचान हुनेछ । पहिचान गरिएका स्थानहरुमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरुलाई आवश्यक पर्ने स्रोतसाधनको जोहो गर्ने लगायतका काम हुनेछन् । यसका लागि वडास्तरीय विपद् व्यवस्थापन समितिको पनि गठन गरिएको छ ।रासस

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचेल हराउँदै गए कुवा र पोखरी
अचेल हराउँदै गए कुवा र पोखरी
तपाईको आज :कात्तिक १५ गतेको राशिफल यस्तो छ
तपाईको आज :कात्तिक १५ गतेको राशिफल यस्तो छ
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल
राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की
राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की
आजको राशिफल
आजको राशिफल
विश्वकप फुटबल २०१८: ८ टोली भिड्दै, यस्तो छ खेल तालिका
रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु
रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु
ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि
ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटि

तपाईंले छुटाउनुभयो कि?