फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक

सारांश

  • कञ्चनपुर, ३१ भदौ ।
  • १३ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्या प्रकरणमा प्रहरी अनुसन्धानको कुनै टुंगोमा नपुग्दै कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक भएको छ ।
  • बेलडाँडी गाउँपालिकाका दुई बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

कञ्चनपुर, ३१ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्या प्रकरणमा प्रहरी अनुसन्धानको कुनै टुंगोमा नपुग्दै कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक भएको छ । बेलडाँडी गाउँपालिकाका दुई बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

बालिकाका आफन्तहरुले दुई साताघि उजुरी गरेपछि प्रहरीले शनिबार बेलडाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । दुईवटै बालिकालाई दुई साताअघि बलात्कार गरेको पारिवारिक स्रोतले बताएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले भने । परिवारले दिएको जानकारीका आधारमा शनिबार नै आरोपित व्यक्तिलाई घरबाटै पक्राउ गरिएको बताइएको छ ।

अभियुक्त विष्टले भदौ १५ गते शुक्रबार दुबै बालिका स्कुलबाट घरतर्फ फर्कने क्रममा मिठाई दिने भनी फकाएर घरमा लगेर बलात्कार गरेको आरोप लागेको छ । १५ दिनअघि नै स्कुलबाट घर फर्किंदा छोरीहरूमाथि बलात्कारको घटना भएको र मारिदिन्छु भन्दै डर देखाएको पारिवारिक स्रोतले जनाएको छ ।

पक्राउ परेका विष्टले गाँजा चरेसलगायतका नशा सेवन गरिराख्ने बताइएको छ । अभियुक्त विष्टलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णराज ओझाले बताए । “घटनाबारे बुझ्ने काम भइरहेको छ”, ओझाले भने । दुबै बालिकाको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणपछि बालिकालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ ः मुख्यमन्त्री कार्की
प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ ः मुख्यमन्त्री कार्की
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !
भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु
भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु
हुम्लामा हेलिकप्टरबाट जिप लगियो
हुम्लामा हेलिकप्टरबाट जिप लगियो
बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो
बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो
बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’

तपाईंले छुटाउनुभयो कि?