ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
१७ पटक हेरिएको
Shares
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन

सारांश

  • काठमाडौं, २१ भदौ ।
  • ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.
  • लि.

काठमाडौं, २१ भदौ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. (ओम अस्पताल) को सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले अस्पतालका सञ्चालक उद्धव पौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । हस्पिटलको स्थापनाकालदेखि सञ्चालक समितिमा रहँदै आएका पौडेल विशिष्ट चलचित्रकर्मी र नेपाल सरकारबाट प्रदान गरिने पहिलो लाईफ टाइम एचिभमेण्ट एवार्डबाट विभूषित पनि हुन् ।

अध्यक्ष चयन भएपछि सञ्चालक समितिको बैठकमा पौडेलले ओम हस्पिटललाई देशकै नमूना हस्पिटल बनाउन समिति, कर्मचारी र आम जनसमुदायलाई अपील गरेका छन् । ओम हस्पिटलले उच्चतम् आधुनिक प्रविधि भित्राउँदै स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ । साथै, गरिब, असहायलाई आवश्यकता अनुसार सहुलियत र निःशुल्क उपचार प्रदान गर्न कार्यविधि बनाई कार्यान्वयन गर्ने भएको छ । ओम हस्पिटल जनताको हस्पिटल बनाउने लक्ष्यमा सदाझैं समाजका सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरिएको यसका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत
तीनदिन भित्रै मन्त्रिपरिषद् विस्तार : डा.महत
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)
नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं
प्रधानमन्त्री निवासमा पूर्व-पश्चिम रेल …
प्रधानमन्त्री निवासमा पूर्व-पश्चिम रेल …
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
अायाेगका कर्मचारि बिरुद्ध अायाेगमै उजुरी
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका  शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
बाम गठबन्धनका विशेष दूतका रुपमा चीन गएका शेर्पाद्वारा ताइका टिके कम्पनीको निरीक्षण
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

तपाईंले छुटाउनुभयो कि?