चीनद्वारा गरिएको अनौपचारिक ‘आर्थिक नाकाबन्दी’ ले नेपालमा समस्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १६, २०७७
|
|
५३ पटक हेरिएको
Shares
चीनद्वारा गरिएको अनौपचारिक ‘आर्थिक नाकाबन्दी’ ले नेपालमा समस्या

सारांश

  • कोरोना महामारीले विश्वलाई नै संकटमा पारेको छ ।
  • विश्वका सबै देशको आर्थिक प्रणाली धरासयी बनेको छ ।
  • यसले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती बढाएको छ ।

कोरोना महामारीले विश्वलाई नै संकटमा पारेको छ । विश्वका सबै देशको आर्थिक प्रणाली धरासयी बनेको छ । यसले नेपालको अर्थतन्त्रमा समेत गम्भीर चुनौती बढाएको छ । यहाँको अर्थतन्त्र धरासयी भएको छ । वर्तमान अवस्थामा चीनद्वारा नाकामा गरिएको अनौपचारिक आर्थिक नाकाबन्दीले थप समस्या सृजना गरेको हो ।

चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिने सामाग्रीहरु र कार्गोमा थप प्रतिबन्ध लगाएको हो । उक्त प्रतिबन्धले नेपालको अर्थतन्त्रमा ठूलो समस्या देखापरेको छ । व्यवसायी र नागरिकलाई निकै समस्या भोग्नु परेको बुझिन्छ । चाडबाडको समय नजिकिँदा अनौपचारिक नाकाबन्दीले नेपाल र नेपालीलाई निकै कठिन बनाउने भएको छ । चीनको यो कदम नेपाल र चीनबीचको सम्बन्धका लागि राम्रो होइन । यसबाट चीन आफ्नो मात्र स्वार्थ र लाभमा केन्द्रित रहेको देखिन्छ । चीन जस्तो देशले महामारीको बेलामा नेपाल जस्तो छिमेकी मुलुकलाई सहयोगी भावना देखाउनुपर्ने हो । तर, ऊ आफ्नै लाभमा मात्र केन्द्रित देखिदैछ ।

नेपाल र चीनबीचको सम्बन्धमा चीनले व्यवहारत खासै कुनै महत्व नराखेको स्पष्ट देखिन्छ । चीनले आफ्नो सुरक्षा र स्वार्थलाई ध्यानमा राखी मात्र कदम चाल्ने विषयलाई प्रष्ट्याउँछ । चीनले नेपालको हकहितका लागि कुनै चासो नराखेको विषय स्पष्ट देखिएकोे छ । विगत केही महिनादेखि नेपालबाट चीन कुनै सामाग्री निर्यात हुन सकेको छैन् । प्रत्येक दिन सय वटा ट्रक चीन जान तयार रहेपनि एक दूई वटा ट्रक मात्र चीन भित्रिने गर्दछ । ट्रक चालकहरुको पिसिआर परिक्षणको नतिजा देखाएपनि नाका भन्दा भित्र प्रवेश गर्न बन्देज गरिएको छ । यसले नेपालको सार्वभौमिकतामाथि नै आँच पुर्याएको देखिन्छ ।

यसैबीच भारतसँग जोडिएको दक्षिण नाकाको आवत जावतमा भने कडाई देखिएको छैन् । नेपालीहरु सीमापार व्यापारमा विना अवरोध पहुँच बनाउँदै आएका छन् । दुवै देशबीच महामारीको संक्रमण झन् चुनौती बनेको देखिन्छ । त्यसपश्चात पनि भारतले नाका खोली आफ्नो मित्रवत सम्बन्धलाई कायम राखेको छ । नेपाल र भारतबीच जारी नयाँ नक्सा विवादमा समेत आफ्नो नाका खोली खुलस्त रुपमा आवत जावतमा प्रवेश गर्न दिएकोमा मित्रवत सम्बन्ध कायम राखेको छ । नेपाललाई भारतले कान्डला पोर्टलाई प्रयोग गर्न अुनमति समेत दिएको छ ।

पारासिटामोल निर्यात गर्न सम्पूर्ण देश प्रतिबन्ध भएपनि नेपाललाई निर्यात र आयात गर्न अनुमति दिइएको छ । भारतले आफ्नो नाकाबाट दैनिक अत्यावश्यक सामाग्रीहरु जस्तै एल पि जी, पेट्रोलियम, औषधी र खाद्यान्न लगायतका बस्तुहरुमा रोक लगाएको छैन । यसले महामारी भन्दा पहिलेकै अवस्थालाई दर्शाएको छ । नेपाललाई चाहिने आवश्यक सामाग्रीहरुमा कुनै प्रतिबन्ध लगाइएको छैन।

चीनले महामारीबीच नेपाल प्रति देखाएको प्रतिबन्धले नेपाललाई विभिन्न क्षेत्रमा असर पर्ने भएको छ । यसले नेपालको अगर्थत्नत्रलाई सामान्य स्तरमा ल्याउन चुनौती थपिने भएको देखिन्छ । निर्माणाधीन क्रममा रहेको जलविद्युत आयोजनाको सम्पूर्ण सामाग्रीहरु चीन र नेपालको सीमामा अड्केको छ । यसले समयमा सकिने आयोजनाहरुलाई अन्योलमा पार्ने भएको छ । ६ महिनादेखि माथिल्लो तामाकोशी र ढल्केबर आयोजनाहरुको अत्यावश्यक सामाग्रीहरु समेत सीमामा अड्किएको छ

चीनको ‘अनौपचारिक नाकाबन्दी’ ले नेपालको एक अर्ब डलरको आर्थिक नोक्शानी पुग्ने देखिन्छ । भारतसितको व्यापार सम्बन्ध कायम रहेतापनि नेपालले चीनलाई ३० प्रतिशत सामाग्री निर्यात गर्ने सम्झौता भएको थियो । तर, नेपाल र भारतको व्यापार सन्धी अन्र्तगत नेपाली उत्पादन सामाग्री आयातमा सुन्य शुल्कमा आवत जावत भइरहेको छ । त्यसकारण नेपालले आफ्नो सानो र मध्यम व्यापार निर्यातलाई कायम गर्न सफल भएको छ । जस्तै कृषी, हर्बल मेडिसिन, सिन्थेटिक सामाग्री रहेको छ । तर, चीनलाई निर्यात गर्ने नेपाली सामाग्रीहरु समेतमा चीनले सुन्य शुल्क लिने बताएको छ । तर, उक्त सम्झौता कागजमै सिमित रहेको देखिन्छ । चीनसंगको ट्रान्जिटको विषय विगतमा वास्तविक रुपमा निकै फरक पाइएको छ ।

८० प्रतिशत नेपाल भारत निर्यात र आयात भइरहँदा पनि चीन र नेपालबीचको कार्गो सम्बन्धमा केही प्रोटोकलहरु रहेको छ । नेपाली ट्रकहरु विना कुनै स्वीकृती कोलकाता र बिसाखापटनम सम्म जाने अनुमति रहेको छ । त्यसैगरी चीनले कहिले आफ्नो शहरमा नेपाली ट्रक भित्रिन नदिने विषय उजागर भएको देखिन्छ । चीनले नेपाली व्यापारहरुलाई व्यापार गर्न तीब्बत भ्रमणमा समेत रोक लगाएको छ । तत्काल नेपाली व्यापारीहरु रसुवागढी र तातोपानीमात्र प्रवेश गर्ने अनुमति दिएको छ । नेपाली ट्रकहरु मितेरी पुलसम्म मात्र जाने अनुमति छ । झानझियाङ र सेन्जेन प्रान्तको प्रोटोकल अनुसार नपाली ट्रकहरु चीनको मुख्यभुमिमा चल्न पाउनेछन् । तर, त्यसमा रोक आउँदा प्रश्न तेर्सिएको छ ।

चीनले नेपाली व्यापारीलाई तिब्बत भ्रमण गर्न रोकेको छ । स्थानीय व्यापारलाई बलियो बनाउन यस्तो शैली अपनाएको छ । व्यापारीहरु रसुवागढी र तातोपानीबीचको मितेरी पुलसम्म मात्र जान पाउँछन । चीन तिब्बत र नेपालबीचको व्यापार स्थापित गर्न चाहँदैन । यी विषयहरुबाट पार पाउन नेपाल सरकारले चाहिरहेको देखिन्छ । यसका लागि नेपालले चीनसँग अन्त देशहरुसँगको जस्तै व्यवहार देखाउनुपर्छ । हामीले यस्तो महत्वपूर्ण विषयहरु कुराले नभई कामले गरेर देखाउनुपर्छ ।(फाइल तस्वीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि !
पेट्रोलियम पदार्थको मूल्य वृद्धि !
छबि विरुद्ध शिल्पाको प्रहरीमा उजुरी, ओझामाथि घरेलु हिंसाको आरोप
छबि विरुद्ध शिल्पाको प्रहरीमा उजुरी, ओझामाथि घरेलु हिंसाको आरोप
नेकपा स्थायी कमिटी बैठक सम्पन्न
नेकपा स्थायी कमिटी बैठक सम्पन्न
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
महरा पछि रोशनीको तारोमा पूर्वसभामुख नेम्वाङ
महरा पछि रोशनीको तारोमा पूर्वसभामुख नेम्वाङ
तीन चौथाई मानिस वायुप्रदुषणका कारण मृत्यु
तीन चौथाई मानिस वायुप्रदुषणका कारण मृत्यु
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन
उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन
धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?
राजपा चुनावमा नजाने निश्चित, नगए के हुन्छ ?