किन आलोचना बढ्दै छ सरकारको ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
किन आलोचना बढ्दै छ सरकारको ?

सारांश

  • काठमाडौं,१६ मंसिर ।
  • केही दिन अगाडि सरकारले निकै ठूलो ताजमाझबीच सामाजिक सुरक्षा कोषको सुरुवात भएको घोषणा गर्यो।

काठमाडौं,१६ मंसिर ।। केही दिन अगाडि सरकारले निकै ठूलो ताजमाझबीच सामाजिक सुरक्षा कोषको सुरुवात भएको घोषणा गर्यो। सो घोषणासभामा प्रधानमन्त्री केपी ओलीले सरकार कहाँ गयो भन्नेहरुलाई देखाउनकालागि प्रचार प्रसार गरेको बताएका थिए। प्रधानमन्त्रीले ‘अब जता हेर्यो त्यतै सरकार देखिन्छ’ भन्दै सरकारको आलोचना गर्नेप्रति कटाक्षसमेत गरेका थिए।

प्रधानमन्त्रीले ‘जता हेर्यो त्यतै सरकार’ देखिन्छ भनेको केही दिनपछि नै राजधानीका चोक र गल्लीमा ‘सरकार भेटियो न्याय भेटिएन’ भन्दै निर्मला पन्तलाई न्याय दिन माग गर्दै पम्प्लेट टाँसियो। तर सरकारले ती सबै पर्चा पम्प्लेट उक्कायो। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेर सरकारको चौतर्फी आलोचना भइरहेका बेला निर्मलालाई न्याय चाहियो भन्दै टाँसिएका पर्चा पम्प्लेट पनि सरकारले उक्काएपछि चर्को आलोचना भएको छ। सरकारका हरेक कामलाई निर्मला प्रकरणसँग जोडेर हेर्ने र आलोचना गर्ने प्रवृत्ति बढ्न थालेको छ।सरकारका राम्रा कामपनि निर्मला पन्त सँग जोडेर बद्मान गराउने कार्य हुन थालेको छ। यसमा सरकारकै कमजोरी देखिएको छ। निर्मालालाई न्याय चाहियो भन्दै राजधानीका चोकमा टाँसिएका पर्चा पम्प्लेट उक्काउनुकासाथै पर्चा टाँस्नेलाईसमेत पक्राउ गरेको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई सरकारले उन्मुक्ति खोजेको भन्दै आलोचना भइरहेका बेला सरकारका कतिपय प्रवृत्तिले पनि आलोचकलाई नै बल पुर्याएको छ।
निर्मला हत्याका दोषी पत्ता लगाउन नसक्दा चौतर्फी विरोध बढेर गए पनि सरकार भने दोषी पत्ता लगाएर कारबाही गर्न चुकेको छ । सरकारले दोषी पत्ता लगाउन संवेदनशील बन्नुपर्नेमा उदास देखिएको छ । घटनाको प्रमाण नष्ट गर्ने र किर्ते काम गर्ने प्रहरीकै अधिकारीलाई कानुनबमोजिम कारबाहीसमेत गरिएको छैन । पछिल्लोपटक राजधानीका सडक पेटीमा सरकार भेटियो, न्याय भेटिएन लेखिएका पोस्टरहरु टाँसेर सरकारको विरोध भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश जाने कर्मचारीहरु यी हुन…
आँखाका बिरामीको सङ्ख्या बढ्दो
आँखाका बिरामीको सङ्ख्या बढ्दो
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
लक्ष्मीपुजाको अवसर पारेर सिटिजन्स बैंकले सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा
नवरात्रको छैटौं दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै
नवरात्रको छैटौं दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
एक वडामा एक स्वास्थ्य केन्द्र
एक वडामा एक स्वास्थ्य केन्द्र
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
 भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु