राहुल गान्धीलाई पाउनकालागि ९ दिनसम्म व्रत बस्ने यी अभिनेत्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २, २०७६
|
|
२८ पटक हेरिएको
Shares
राहुल गान्धीलाई पाउनकालागि ९ दिनसम्म व्रत बस्ने यी अभिनेत्री

सारांश

  • एजेन्सी।
  • टेलिभिजन शो ‘एफआईआर’ काम गरिसकेकी अभिनेत्री महिका शर्मा बेला बेला विवादित बयानका कारण चर्चामा रहन्छिन्।
  • केही दिन अगाडि नवरात्रिमा राहुल गान्धीकालागि नौ दिन उपवास राख्ने महिका शर्माले राहुल गान्धीलाई प्रेमको प्रस्ताव गरेकी छन्।
एजेन्सी। टेलिभिजन शो ‘एफआईआर’ काम गरिसकेकी अभिनेत्री महिका शर्मा बेला बेला विवादित बयानका कारण चर्चामा रहन्छिन्। केही दिन अगाडि नवरात्रिमा राहुल गान्धीकालागि नौ दिन उपवास राख्ने महिका शर्माले राहुल गान्धीलाई प्रेमको प्रस्ताव गरेकी छन्। सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै  महिकाले आफू राहुल गान्धीसँग प्रेममा परेको उल्लेख गरेकी छन्।
महिकाले इन्स्टाग्राममा राहुल गान्धीको एउटा फोटो शेयर गर्दै लेखेकी छन्, ‘म उहाँसँग प्रेममा यसकारण छु किनभने उहाँका कारण मानिसको अनुहारमा मुस्कान आउँछ र मानिसहरु उनको कुरा सुनेर खुशी हुन्छन्। एक राजामा यस्तै गुण हुन्छन्। प्रत्येक अनुहारमा मुस्कान ल्याउनु एक राजाको जिम्मेवारी हो।’
महिकाको उक्त पोस्टपछि सामाजिक संजाल प्रयोगकर्ताले उनको मजाक उडाएका छन्। एक व्यक्तिले लेखेका छन्, ‘यदि यस्तो हुन्थ्यो भने कपिल शर्मालाई देशको प्रधानमन्त्री बनाउँकी के हो?’ अर्का एक जनाले लेखेका छन्, ‘अहिले त भर्खर यिनको जीवन सुरु भएको छ। तर महिकाले भने उनको करियर ध्वस्त बनाउन लागिपरेकी छन्।’
यसअघि महिकाले नवरात्रिमा नौ दिनको व्रत राखेकी थिइन्। महिकाले भनेकी छन्,‘म भारतको उज्जवल भविष्यकालागि व्रत राखिरहेकी छु। देशको उज्जवल भविष्य मात्र राहुल गान्धीको हातमा छ। मलाइ थाहा छ माता रानीको कृपाले उनले जरुर जित्नेछन्।  सनातन धर्ममा पत्नी आफ्नो पतिको मनोकामना र जीतकालागि व्रत राख्छिन्। राहुल गान्धीले अहिलेसम्म विवाह गरेका छैनन्। र आफ्नो उमेर पूरै देशको सेवामा लगाएका छन्। त्यसकारण उनकालागि केही गर्नु मेरो जिम्मेवारी हो।’
केही दिन पहिला विंग कमाण्डर अभिनन्दन पाकिस्तानबाट भारत फर्किएपछि महिकाले सामाजिक संजालमा एक बिकिनी फोटो पोस्ट गर्दै उनको स्वागत गरेकी थिइन्।
महिकाले भनेकी थिइन्, ‘अभिनन्दनसँग देशका कयौं युवती विवाह गर्न चाहन्छन्। त्यतिमात्रै होइन महिकाले विंग कमाण्डरको फोटो शेयर गर्दै लेखेकी थिइन्, ‘सलमान, शाहरुख र अमिरलाई बिर्सिनुस्, हाम्रो असली हिरो भारत आइसकेको छ। म उनीसँग चाँडै भन्दा चाँडो भेट्न चाहन्छु।’
महिकाले जुन, २०१८ मा दिएको एक अन्तर्वातामा पाकिस्तानी क्रिकेटर शाहिद अफरिदीसँग रिलेशन बनाउने विवादित बयान दिएकी थिइन्। महिकाले भनेकी थिइन्, ‘म शाहिदलाई त्यतिबेला देखि मन पराउँथे जतिबेला उनी १३ वर्षका थिए। म उनको फोटो अगाडि राखेर किस गर्थें।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?