वाम गठबन्धनको निःशुल्क वाईफाई, नेकपाको सरकार बनेपछि फाइफुई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares
वाम गठबन्धनको निःशुल्क वाईफाई, नेकपाको सरकार बनेपछि फाइफुई

सारांश

  • काठमाडौँ ।
  • तत्कालीन नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले निर्वाचनको मैदानमा होमिने बेला आफ्नो घोषणापत्रमा निःशुल्क वाईफाईको कुरा पनि निकै महत्व दिएर उठाएको थियो ।
  • उनै दुई दल मिलेर बनेको नेकपाको दुईतिहाईको शक्तिशाली सरकारले भने वाइफाईलाई फाइफुई बनाएको छ ।

काठमाडौँ । तत्कालीन नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले निर्वाचनको मैदानमा होमिने बेला आफ्नो घोषणापत्रमा निःशुल्क वाईफाईको कुरा पनि निकै महत्व दिएर उठाएको थियो । उनै दुई दल मिलेर बनेको नेकपाको दुईतिहाईको शक्तिशाली सरकारले भने वाइफाईलाई फाइफुई बनाएको छ ।

सञ्चार सेवा निःशुल्क र सहज बनाउने प्रतिबद्धता जनाए तापनि ६ महिना नबित्दै मूल्यबृद्धि गरेर आफ्नै प्रतिबद्धताको धज्जी उडाएका छन् । नेकपाको सरकारले दूरसञ्चार शुल्क बृद्धि गरेपछि त्यसको प्रत्यक्ष मार उपभोक्ताले भोग्नुपर्ने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले गत जेठमा ल्याएको नीति तथा कार्यक्रममा इन्टरनेट सेवामा शुल्क लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै साउनबाट टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले झण्डै ३ प्रतिशत बढी शुल्क जनताले थप तिर्नुपर्ने भएको छ ।

नेपालमा धेरै प्रयोग हुने सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेबाटै फोन र इन्टरनेट सेवा शुल्क बृद्धि गर्ने तयारी गरेका छन् । नेपाल टेलिकमले शुल्क बृद्धि केही दिनमै निर्णय गर्ने बताएको छ भने एनसेलले भने साउन १ बाट शुल्कबृद्धिको सूचना ग्राहकहरुलाई पठाइसकेको छ ।

त्यस्तै अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि साउन १ गतेबाट इन्टरनेट सेवाको शुल्क बृद्धि गर्ने तयारी गरेका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेपछि त्यसको असर नेट प्रयोगकर्ताहरुमा पनि पर्ने भएको हो । नेपाल टेलिकम प्रवक्ता प्रतिभा वैद्यले सरकारले टेलिफोनमा ११ प्रतिशत रहेको कर दस्तुर १३ प्रतिशत पुराएपछि त्यही अनुपातमा इन्टरनेट सेवामा पनि शुल्क बढ्नसक्ने बताइन् ।

प्रतिनिधिसभा निर्वाचनमा अहिलेका सत्तारुढ दलहरुले जनतालाई आकर्षक नारा दिएका थिए, “देशभर फ्रि वाईफाई ।” जनताले भोट दिए र सरकार बनाएको चार महिना नबित्दै चुनावी प्रतिबद्धता विपरीत यस्ता सेवामा मूल्यबृद्धि गरेर जनतालाई महङ्गीको भार थपेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रले चुनावका बेला जनतालाई बाँडेको चुनावी घोषणापत्रको १७ नम्बर बुँदाको “सूचना प्रविधि र प्रेस स्वतन्त्रता” शीर्षकमा ५ वर्षमा देशभर वाईफाई फ्रि बनाउने, सबै विद्यालय, प्रशासनिक भवन, स्वास्थ्य चौकी लगायतसार्वजनिक संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलव्ध गराइने उल्लेख छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Basanta Neupane

    Mahangaile chulo volna xadyo wifi kina chaiyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
कसले, कहाँ–कहाँ जिते
कसले, कहाँ–कहाँ जिते
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरे : प्रधानमन्त्री
शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ
शाहरूखको ‘डंकी’को भन्दा प्रभासको ‘सालार’काे टिकट बढी बुकिङ
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
चलचित्र कलाकार संघका अध्यक्षकाे निधनबारे प्रत्यक्षदर्शिकाे भनाइ यस्ताे छ
मोदीलाई ४ भाषामा जनकपुरमा सम्मान !
मोदीलाई ४ भाषामा जनकपुरमा सम्मान !
फेसबुक डेस्कटप सेवा अवरुद्ध, मेटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी
फेसबुक डेस्कटप सेवा अवरुद्ध, मेटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी
विद्यार्थीको पहलमा सिन्धुलीमा ‘रक्तसेवा डटकम’ सञ्चालन
विद्यार्थीको पहलमा सिन्धुलीमा ‘रक्तसेवा डटकम’ सञ्चालन
युवकको हत्या आरोपमा दुई जनालाई कारागार चलान
युवकको हत्या आरोपमा दुई जनालाई कारागार चलान
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति