सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन: काङ्ग्रेस

सारांश

  • काठमाडौँ, २ वैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले अनुकूल वातावरण भएर पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ ।
  • काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु अघिल्ला सरकारका झैँ गम्भीर राजनीतिक चुनौती नभए पनि तीव्र ढङ्गले कार्य गर्न नसकेको भनी टिप्पणी गर्नुभयो ।

काठमाडौँ, २ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले अनुकूल वातावरण भएर पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु अघिल्ला सरकारका झैँ गम्भीर राजनीतिक चुनौती नभए पनि तीव्र ढङ्गले कार्य गर्न नसकेको भनी टिप्पणी गर्नुभयो ।

उहाँले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसामु झैँ ज्वालामुखीको वातावरणमा शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने, सुशील कोइरालाले झैँ प्रतिकूलता चिरेर संविधान जारी गर्नुपर्ने या अनेक जटिलता हल गरेर शेरबहादुर देउवाले झैँ तीन तहको निर्वाचन गर्नुपर्ने स्थिति वर्तमान सरकारका सामु नभएको बताउनुभयो । दुई तिहाइ बहुमतको सरकार, सबै प्रदेश सरकारको साथ र बहुमत स्थानीय तहको समर्थन प्राप्त भए पनि वर्तमान सरकारले जनअपेक्षाअनुसार कार्य सम्पादन गर्न नसकेको काङ्ग्रेसको आरोप छ ।

कार्यक्रममा प्रवक्ता शर्माले सरकारले प्रभावकारीरुपमा सङ्घीयता कार्यान्वयन गर्न नसकेको र उल्टै प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अङ्गलाई केन्द्रिकृत गरेर शक्ति केन्द्रीकरणको अभ्यास गरेको बताउनुभयो ।

काङ्ग्रेसले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको तथा शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको जनाएको छ । प्रवक्ता शर्माले वर्तमान सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि व्यवहारमा त्यस्तो नदेखिएको उल्लेख गर्दै प्रश्न गर्नुुुभयो, “आफ्नै लगानीमा निर्माण गर्ने भनेर सङ्कल्प गरिएको बूढीगण्डकी परियोजना बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु, वाइड बडी विमान छानबिनमा अख्तियार प्राप्त संवैधानिक संस्थालाई सहयोग नगरेर छुट्टै आयोग बनाउनुको रहस्यमा घोटाला ढाकछोपको नियत नभई के थियो रु”

आवश्यकताभन्दा दोब्बर जग्गाको रुख काट्ने प्रस्तावसँगै निजगढ विमानस्थल निर्माण प्रक्रियामा गतिरोध आउनु, ९० प्रतिशत काम सकिएको मेलम्ची परियोजना कमिसनको खेलका कारण निर्माण कम्पनीले काम छोडेर जानु, बालुवाटारको सरकारी जग्गा प्रकरणलगायत यावत घटना भ्रष्टाचारकै नियतको परिणाम भएको काङ्ग्रेसको टिप्पणी छ ।

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले सरकारले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिमा निर्णय गराएर प्रमुख प्रतिपक्षी दललाई ‘बाइपास’ गर्न खोजेको आरोप लगाउनुभयो । उपसभापति निधिले संवैधानिक निकायमा काङ्ग्रेसले भागबण्डा मागेको भनी पार्टीलाई बदनाम गर्न खोजेकामा आपत्ति जनाउनुभयो ।

उहाँले यही वैशाख ११ गतेदेखि पार्टी सङ्गठन सुदृढीकरणका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने गरी कार्यक्रमको तयारी भइरहेको सो अवसरमा जानकारी गराउनुभयो ।

काङ्ग्रेसमा अन्तर्घातका थप १२० उजुरी

काङ्ग्रेसमा निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारवाहीका लागि विभिन्न जिल्लाबाट थप १२० उजुरी परेका छन् । काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम एक साताभित्र उपलब्ध गराउन भनी गत चैत २४ गते सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको थियो ।

पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको थियो ।

समितिले काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागिसमेत पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यसमितिको गत चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५० जिल्लाबाट करीब ५०० नेता कार्यकर्ताविरुद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परिसकेको छ । त्यसमध्ये छानबिन गरी करीब १५४ लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
निजी स्कुलका डरलाग्दो शुल्क, हेर्नुस् कति तिर्छन् अभिभावक!
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
आज महाशिवरात्रि : यी रुटमा सवारीसाधन प्रवेश निषेध, ५८२ ट्राफिक प्रहरी परिचालन
तीन नरपालिकामा माओवादी विजयी
तीन नरपालिकामा माओवादी विजयी
मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला
मधेस प्रदेशसभाका पाँच समितिमा सभापति चयन, तीन महिला
पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने
ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने

तपाईंले छुटाउनुभयो कि?