पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
३४ पटक हेरिएको
Shares
पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल

सारांश

  • काठमाडौं।
  • स्टार खेलाडीहरू केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टबिरुद्द ५-१ अन्तरको सानदार जित निकालेको छ।
  • फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि घरेलु मैदानमा आइतबार राति पीएसजीले सहज जित पायो।

काठमाडौं। स्टार खेलाडीहरू केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टबिरुद्द ५-१ अन्तरको सानदार जित निकालेको छ।
फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि घरेलु मैदानमा आइतबार राति पीएसजीले सहज जित पायो। खेलमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे। लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए । १२औँ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो। २८औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे।
५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। ६७औं मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरे । ७३औं मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा ४-१ को अग्रता बनाए।
९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे।
जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक जोड्दै १२ अंकको स्पष्ट अग्रता लिएको छ। दोस्रो स्थानको मार्सेको ५६ अंक छ। पराजित लोरिएन्ट २८ अंक जोडेर १६औँ स्थानमा छ।[image: messi-ambappe-.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?