दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
दृश्यावलोकन स्तम्भ निर्माणका लागि समय थप

सारांश

  • काठमाडौँ।
  •   काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ।
  •   निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि  हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ।
काठमाडौँ।  काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ। 
निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि  हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ।  
निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको छ। जमीनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम शुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख ध्रुब काफ्ले बताउँछन्। उनका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो।  
भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ। प्राइभेट–पब्लिक पार्टनरसीप (पीपीपी)मोडलबाट निर्माण यस भ्यू टावरको उपराष्ट्रपति नन्दबहादुर पुनबाट शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको थियो। 
“नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ”, कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख काफ्लेले भने।    स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोइले विसं २०७३ साउनबाट निर्माणको काम शुरु गरेको हो। शुरु गरेको मितिले अहिलेसम्म हुनुपर्ने जति कामको प्रगति नदेखिएपनि पछिल्लो समय तीव्र रुपमा काम भइरहेको र यसरी नै काम हुने भए थप गरिएको समयका काम सकिनेमा कामपाले विश्वास लिएको छ।  
सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन्। काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन। अहिलेभने काम भइरहेको छ । निर्माण कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम भने दिइरहेको छ। उक्त कम्पनीले वार्षिक रु ९८ लाख कर कामपालाई बुझाउँदै आएको छ। 
गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो। भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ। स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ। स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ। त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन्। स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ। सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ। 
कुल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ। ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ। 
कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार निर्माणपछि कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ। यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ। तीन वर्षदेखि निर्माण शुरु गर्ने योजनाले गर्दा बस बिसौनीबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ। बस बिसौनी जस्तो फराकिलो नभएको हँुदा मानिस खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन्। आगामी दिनमा काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु निर्माणाधीन दृश्यावलोकन स्तम्भमा निर्माण हुने बस बिसौनीबाट आवत जावत गर्नेछन्। रासस 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
सिमा विवाद समस्या:सांसद अम्बिका थापा
सिमा विवाद समस्या:सांसद अम्बिका थापा
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै
यही साताबाट क्रिकेट रंगशाला निर्माणको काम सुरु हुँदै
आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
सलमान खानले जिन्सको धागो निकालेर चपाएपछि… भिडियो देखेर प्रशंसकले दिए यस्तो प्रतिक्रिया
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
यी हुन नेकपाकाे नेतृत्वकाे सरकारले पाँच महिनामा गरेका उपलब्धीहरू
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
मकवानपुर उद्योग बाणिज्य संघको टोलि दक्षिण कोरियामा !
मकवानपुर उद्योग बाणिज्य संघको टोलि दक्षिण कोरियामा !

तपाईंले छुटाउनुभयो कि?