प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न माग

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) का प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।
  • प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको सचिलवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रुपमा परिचालन गर्न नसकिएको बताए ।

काठमाडौं । नेकपा (एमाले) का प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीको सचिलवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रुपमा परिचालन गर्न नसकिएको बताए ।

उनले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन लक्षित नयाँ कार्यक्रम नभएको बताए ।

सांसद गिरीले विना तयारी विमानस्थलको सङ्ख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी ब्यहोर्नेतर्फ पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?