अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
सारांश
- सल्यान, १८ पुस ।
- अन्धकार हटाउने र विद्युत भित्राउने भन्दै सल्यानको कालिमाटी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
- गाउँपालिकाले डेढ करोड बजेट विनियोजन गरेतापनि ठेकेदारको ढिलासुस्तीका कारण कालिमाटी गाउँपालिकाका सबै वडाहरु विद्युतविहीन र अन्धकारमा डुबेका छन् ।
सल्यान, १८ पुस । अन्धकार हटाउने र विद्युत भित्राउने भन्दै सल्यानको कालिमाटी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले डेढ करोड बजेट विनियोजन गरेतापनि ठेकेदारको ढिलासुस्तीका कारण कालिमाटी गाउँपालिकाका सबै वडाहरु विद्युतविहीन र अन्धकारमा डुबेका छन् ।
छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत भित्राउने तयारीमा आफूहरु लागेको गाउँपालिकाकी उपाध्यक्ष सहनशीलता ओलीले बताइन् । विद्युतको पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ढिलासुस्तीले गर्दा पनि कालिमाटी गाउँपालिकालाई विद्युतको पहुँचमा छिटो पुराउन समस्या भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । अध्यक्ष दानबहादुर केसीले भने गएको भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो तर उसकै ढिलासुस्तीले गर्दा विजुली बाल्ने गाउँपालिकावासीको रहर पूरा हुन सकेको छैन ।
बिजुली भित्राएपछि आफूहरु टेलिफोन, इन्टरनेट जडान र बैंंक ल्याउनका लागि काम अगाडि बढाउने तयारीमा रहेको अध्यक्ष केसीले बताए । बिजुली अभावकै कारण टेलिफोनको समस्या आइपरेको उनको भनाइ छ । अहिले गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काई तथा एनसेलले आंशिक रुपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ ।
विद्युत नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ । बैंक नहुँदा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया