ऋषि कपुरलाई क्यान्सर भएको खुलासा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
ऋषि कपुरलाई क्यान्सर भएको खुलासा !

सारांश

  • मुम्बुई ।
  • बलिवुड अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको खुलासा भएको छ ।
  • पछिल्लो सात महिनादेखि अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेका ऋषि कपुरलाई के भएको भन्ने अहिलेसम्म खुलेको थिएन ।

मुम्बुई । बलिवुड अभिनेता ऋषि कपुरलाई क्यान्सर भएको खुलासा भएको छ । पछिल्लो सात महिनादेखि अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेका ऋषि कपुरलाई के भएको भन्ने अहिलेसम्म खुलेको थिएन ।

यस अघि ऋषि कपुरलाई क्यान्सर भएको भन्ने खबरको रणधीर कपुरले यो केवल हल्ला भएको बताएका थिए । तर अहिले ऋषि कपुरका नजिकका साथी तथा फिल्म मेकर राहुल जैनले सामाजिक संजालमा ऋषि कपुरसँगको पोष्ट सार्वजनिक गर्दै ऋषि कपुर अब ’क्यान्सर फ्री’ भएको उल्लेख गरेका छन् ।

यसअघि ऋषि कपुरकी पत्नी नितु कपुरले नयाँ बर्ष २०१९ को शुभकामना लेख्दै ऋषि कपुरलाई क्यान्सर नै भएको संकेत गरेकी थिइन् । उनले प्रदुषण कम होस्, आशा गरौ भविष्यमा क्यान्सर एक राशि मात्र होस् भनेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?