बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा २५ सदस्यीय पदाधिकारी, को के पदमा ?

सारांश

  • संघीय समाजवादी फोरम र नयाँ शक्ति बीच औपचारिक पार्टी एकता भएको छ ।
  • लामो समयको छलफल र बहसलाई अन्तिम रुप दिँदै दुई दल एक भएका हुन् ।
  • सोमबार राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गर्दै नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति बीच औपचारिक पार्टी एकता भएको छ । लामो समयको छलफल र बहसलाई अन्तिम रुप दिँदै दुई दल एक भएका हुन् ।
सोमबार राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गर्दै नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले ९ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । एकतापछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन् । यो पार्टी हिमाल पहाड र मधेसलाई नेतृत्व गर्ने सक्षम पार्टी भएको’ सहमति पत्रमा भनिएको छ ।

पार्टीमा अहिले २५ सदस्यीय पदाधिकारी चयन भएका छन् । जस अन्तर्गत डा.बाबुराम भट्टराई संघिय परिषद् अध्यक्ष र उपेन्द्र यादव अध्यक्ष छन् । त्यस्तै अशोक राई पार्टीका वरिष्ठ नेताको रुपमा चयन भएका छन् । राजेन्द्र श्रेष्ठ सह अध्यक्ष चयन गरिएको छ ।

पार्टी उपाध्यक्षमा नमराज सुवेदी, लालबाबु राउत, हिशिला यमि, रेनु यादव, रकम चेम्जोङ, परशुराम खापुङ, युबराज कार्की र हेमराज राई चयन भएका छन् । त्यस्तै महासचिवमा गगा नारायण श्रेष्ठ, रणधज कन्दघा र रामसाहायक यादव चयन भएका छन्।डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी पार्टीको उप महसचिवमा चयन भएका छन् ।

त्यस्तै पा्टीको सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोब, विजय यादव, परशुराम बस्नेत र प्रशान्त सिह चयन भएका छन्। अन्य २ जना सचिवपछि मात्र थपिने समाजवादीका एक नेताले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
आजको राशीफल
आजको राशीफल
असार ११ गते बुधबारको राशीफल यस्तो छ
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
दुई पूर्व मन्त्रीको भ्रष्टाचार मुद्दा फैसला हुँदै
ओलीमाथि चौतर्फी घेराबन्दी, सत्ताबाट हटाउने यस्तो छ ग्रान्डडिजाइन
ओलीमाथि चौतर्फी घेराबन्दी, सत्ताबाट हटाउने यस्तो छ ग्रान्डडिजाइन
रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी
रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन  आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार

तपाईंले छुटाउनुभयो कि?