गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन  आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार

सारांश

  • इलामः गोर्खाल्याण्ड प्राप्तिका लागि भारतको पश्चिम बंगाल सरकार अन्तरगतको दार्जीलिङ सहितको प्रस्तावित ‘गोर्खाल्याण्ड’ क्षेत्रमा जारी दुई महिना लामो ‘जन आन्दोलन’ दवाउन बंगाल सरकारले अन्दोलनरत दलका नेताविरुद्धको घेरा साँगुरो बनाउन थालेको छ।
  • झन्नै दुई हप्तादेखि विमल गुरुङ निवास पात्लेवास क्षेत्रमा शुरक्षा गस्ती बढाएको प्रहरीले आन्दोलनको नेतृत्व गरिरहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङको आधार क्षेत्र मानिएको पात्लेवासमा सुरक्षा क्याम्प नै स्थापना गरेर आन्दोलनकारीलाई आत्मसर्मपण गराउने रणनीति सुरु गरेको विश्लेषकहरुले बताएका छन् ।
  • विमल गुरुङले स्थापना गरेको कञ्चनजंघा विद्यालय कब्जा गरेर शुरक्षाकर्मी राखेपछि बंगाल सरकार खेदेर भएपनि आन्दोलनकारी पक्रने मुडमा पुगेको कतिपयको विश्लेषण छ ।

इलामः गोर्खाल्याण्ड प्राप्तिका लागि भारतको पश्चिम बंगाल सरकार अन्तरगतको दार्जीलिङ सहितको प्रस्तावित ‘गोर्खाल्याण्ड’ क्षेत्रमा जारी दुई महिना लामो ‘जन आन्दोलन’ दवाउन बंगाल सरकारले अन्दोलनरत दलका नेताविरुद्धको घेरा साँगुरो बनाउन थालेको छ।

झन्नै दुई हप्तादेखि विमल गुरुङ निवास पात्लेवास क्षेत्रमा शुरक्षा गस्ती बढाएको प्रहरीले आन्दोलनको नेतृत्व गरिरहेका गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङको आधार क्षेत्र मानिएको पात्लेवासमा सुरक्षा क्याम्प नै स्थापना गरेर आन्दोलनकारीलाई आत्मसर्मपण गराउने रणनीति सुरु गरेको विश्लेषकहरुले बताएका छन् । विमल गुरुङले स्थापना गरेको कञ्चनजंघा विद्यालय कब्जा गरेर शुरक्षाकर्मी राखेपछि बंगाल सरकार खेदेर भएपनि आन्दोलनकारी पक्रने मुडमा पुगेको कतिपयको विश्लेषण छ ।

आन्दोलनको सुरु देखिनै पहाडमा जसरीपनि शान्ति ल्याउने बताउदै आएकी बंगालकी मुख्य मन्त्री ममता व्यनर्जीले दलहरुलाई गलाउन सुरक्षा घेरा साँघुरो बनाउदै लगेको मोर्चाकी नेतृ निरा शर्माले बताइन् । अध्यक्ष गुरुङले बंगाल सरकार आफ्नो पछि लागेको भन्दै ‘दवावमा परेर नझुक्ने’ बताएका छन् । उनले आफु जंगलमा रहेको भन्दै जातीको हित विपरीत कुनै कदम नचाल्ने बताएका छन् ।

केन्द्र सरकारको आग्रह पछि २५ दिन देखि आमरण अनसनरत १२ युवाले अनसन तोडेपछि उत्पन्न आशंकालाई चिर्दै उनले अन्दोलन नयाँ तरिकाले अघि बढ्ने बताएका हुन् । उनले आम हड्ताल अझै लामो समय रहने समेत बताएका छन् । आइतबार साँझ सरकारका केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र गोर्खाल्याण्ड मुभमेनट कोअडिनेसन कमिटी (जिएमसीसी)का प्रतिनिधिबीच नयाँदिल्लीमा भएको वार्तामा सरकारकातर्फबाट आमहड्ताल र आमरण अनसन रोकेर राज्य सरकारसँग वार्तामा बस्न आग्रह गरेका थिए ।

सिंहको आग्रह पछि गोर्खा जनमुक्ति मोर्चाको युवा मोर्चाका १२ युवाले जारी राखेको आमरण अनसन तोडिएको छ । अनसन तोडेपछि आन्दोलन खस्केको प्रतिक्रियाकाबीच अध्यक्ष गुरुङले ‘गोर्खाल्याण्ड’ प्राप्तिका लागि जारी आन्दोलन थप प्रभावकारी रुपमा अघि बढ्ने बताएका छन् । आइतबारको वार्तामा केन्द्र सरकारसँग मात्र वार्ता गर्ने जिएमसिसिको अडान विपरीत गृहमन्त्री सिंहले आम हड्ताल र अनसन तोडेर राज्य सरकारसँग वार्ता गर्न आग्रह गरेका थिए ।

वार्तामा राज्य सरकारको अधिकार क्षेत्रमा केन्द्रले हस्तक्षेप गर्न नसक्ने भन्दै ममता व्यनर्जी सरकारसँग वार्ता गर्न आग्रह गरेपछि जिएमसिसीका प्रतिनिधिले भने व्यनर्जी सरकारले दमनको चक्र चलाएको भन्दै राज्य सरकारसँग वार्ता हुन नसक्ने अडान राखेका थिए ।

वार्ताको पहिलो चरण सुरु भएपनि कुनै उपलव्धि हाशिल नभएपनि आन्दोलनरत दलहरुले भने प्रभावकारी कुनै कार्यक्रम अघि सारेका छैनन् । स्वतन्त्रता दिवसका दिन सरकारबाट केही पाउने आशमा रहेको आन्दोलनकारीका लागि ७० स्वतन्त्रता दिवस पनि खल्लो बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?