श्रीमानलाई जेल पठाएर ससुरासंग सल्केपछि
सारांश
- काठमाडौं, असार ५ ।
- समाजमा पछिल्लो समय यौन सम्बन्धि अनेक खतरनाक घटनाहरु सार्वजनिक भइरहेका छन ।
- अहिलेको कलियुगमा समाजले नैतिकता गुमाउन थालेपछि यौनका लागि मानव जातीले नसोचेका अनौठा अपराधिक घटना हुन थालेका हुन् ।
काठमाडौं, असार ५ । समाजमा पछिल्लो समय यौन सम्बन्धि अनेक खतरनाक घटनाहरु सार्वजनिक भइरहेका छन ।अहिलेको कलियुगमा समाजले नैतिकता गुमाउन थालेपछि यौनका लागि मानव जातीले नसोचेका अनौठा अपराधिक घटना हुन थालेका हुन् । यस्तै, अनौठो घटना भारतको अमृतपुर जिल्लामा पनि सार्वजनिक भएको छ । जहाँ एक महिलाले आफ्नै श्रीमानलाई जेल पठाएर ससुरासँग मस्ती गर्दै आएको खुलासा भएको हो ।श्रीमानसँग विवाह गरेर आएको केही समयमै जवान ससुराको मायाजालमा फसेकी महिलाले यस्तो कदम उठाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमृतपुरका अमृतपाल सिंहलाई उनकै श्रीमतीले आत्महत्या गर्न खोजेको झुटो आरोपमा जेल पठाएर ससुरासँग शारीरिक सम्पर्क राख्दै आएको खुलेको हो ।यो खुलासा अमृतपालले एक भिडियो मार्फत गरेका छन् । श्रीमतीले धोका दिएर आफ्नै बुबासँग सम्बन्ध राखेपछि सहन नसकेर अमृतपालले शुक्रबार श्री दरबार साहिबको अगाडि आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नुअगाडि भिडियो सार्वजनिक गरेर उनले यस्तो खुलासा गरेको समाचारमा जनाइएको छ ।अमृतपाल सिंहले भनेका छन् कि‘मेरी पत्नीको मेरा बुबा पत्निका ससुरासँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।त्यो सहन नसकेर म संसारबाट बिदा लिने निर्णयमा पुगेको हुँ ।’ यो खबर सार्वजनिक भएपछि समाजिक सञ्जालमा उनले बोलेको भिडियो भाईरल बनेको छ । यस विषयमा प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन् । एजेन्सी
यो पनि पढ्नुस्
गुठी विधेयक फिर्ताले किसानको भावनामा ठूलो ठेस पुग्यो : सांसद चौधरी
सत्तारु दल नेकपा सांसद गंगा चौधरीले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले विधेयकका बारेमा भ्रामक प्रचार गरी चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोरा छोरीको गासबास खोस्ने काम गरेको दाबी गरिन्। ‘सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन र, गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भूमिहीन किसानहरुको छोरा छोरीको गासबास खोस्न प्रयास गरी विधेयक फिर्ता गर्न खेल खेल्यो,’ उनले भनिन्।
उनले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठूलो ठेस पुगेको बताइन्। उनले भनिन्, ‘गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठूलो ठेस पुगेको छ। गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोक भोकै ठूलो खुला मैदानबाट लाखौं गुठी पीडित भूमिहीन किसान भन्दै थिए ‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ।’ उनले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै रोष प्रकट गरिन्।
उनले सामन्तहरुको आँखा आफ्ना पूर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप लगाइन्। ‘मानौं यो देश मालिकहरुको हो। यहाँ मालिकहरुको आदेशको पालना हुन्छ। यहाँ मालिकहरुकै कुरा सुनुवाई हुन्छ,’ उनले भनिन्, ‘किन की यो देश मालिकहरुले नै चलाउने गर्छन्। मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन्।’
प्रतिक्रिया