राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
४९ पटक हेरिएको
Shares
राजेन्द्र महतो भन्छन्-प्रदेशको राजधानी जनकपुर, नाम मधेस वा मिथिला प्रदेश

सारांश

  • ४ पुस, काठमाडौं ।
  • प्रदेश नम्बर २ मा बहुमत सिट जितेको राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेशको राजधानी बाहेक मुख्यमन्त्री र प्रदेशको नाममा छलफल गर्न बाँकी रहेको जनाएको छ ।
  • राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजधानी जनकपुर बाहेक अरुमा छलफल नहुने बताए ।

४ पुस, काठमाडौं । प्रदेश नम्बर २ मा बहुमत सिट जितेको राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेशको राजधानी बाहेक मुख्यमन्त्री र प्रदेशको नाममा छलफल गर्न बाँकी रहेको जनाएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजधानी जनकपुर बाहेक अरुमा छलफल नहुने बताए ।

कुरा गर्दै महतोले भने- २ नम्बर प्रदेशमा हाम्रो (मधेस केन्द्रित दल) को बहुमत पुगेको छ । जनताको म्याण्डेट अनुसार काम गरेर देखाउनुपर्ने चुनौति पनि आएको छ । प्रदेशको राजधानी जनकपुर हुन्छ अरु कुरामा प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नेछ ।

प्रदेश २ को मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरममध्ये कसले पाउने भन्ने छलफल नभएको महतोले बताए । उनले भने- भर्खर चुनाव सकिएको छ, पूरै परिणाम आइसकेको छैन, मुख्यमन्त्रीका लागि हामीसँग एकसेएक योग्य व्यक्ति छन् । सहमतिबाट मधेसवादी गठबन्धनकै एक व्यक्ति हुनेछन् ।

प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षमा आइपुगेको भन्दै महतोले प्रमुख प्रतिपक्षसँग सहमति गरेर प्रदेशसभाको नाम र राजधानी तोकिने बताए । उनले भने- प्रदेशको नाम मधेस प्रदेश हुन पनि सक्छ । मिथिला प्रदेश हुन पनि सक्छ । जनताले मधेस प्रदेशका लागि अभिमत दिएका छन्, नाम के राख्ने भन्नेमा हामी धेरै विवाद गर्दैनौं, प्रदेशसभाको दुई तिहाइले गर्नेछ ।

२ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोस्रो स्थान जितेर एमाले प्रमुख प्रतिपक्ष बन्ने देखिएको छ भने कांग्रेस तेस्रो र माओवादी चौथो स्थानमा छन् । महतोले प्रदेश २ मा मधेस केन्द्रित दलले प्रदेश सरकार बनाउने बताए ।

केन्द्र सरकारसँगको सम्बन्ध एमालेको व्यवहारमा निर्भर

कांग्रेस नेता बिमलेन्द्र निधीलाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महतोले केन्द्रीय सरकारसँग मधेसको सम्बन्ध संविधान संशोधनमा उसको भूमिका अनुसार निर्धारण हुने बताए । उनले संविधान संशोधनबारे एमालेको दृष्टिकोण के हुन्छ त्यसअनुसार सम्बन्ध निर्धारण हुने बताए ।

महतोले भने- संविधान संशोधनको पक्षमा मधेसको अभिमत आएको छ । मधेससँग वामपन्थी गठबन्धनले सहकार्य गर्छ कि गर्दैन भन्ने कुरा संविधान संशोधन गराउन उसले लिने अग्रसरतामा भर पर्छ, अहिले म धेरै कठोर टिप्पणी गर्न चाहान्नँ ।अनलाइनखबर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष  राणा चुनावी अभियानमा
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा चुनावी अभियानमा
अब म रुन्नँ, आस्था डगमगाउन दिन्न( आस्था राउत)
अब म रुन्नँ, आस्था डगमगाउन दिन्न( आस्था राउत)
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
चिनियाँ उपप्रधानमन्त्री वाङ फर्किए, परराष्ट्रमन्त्री महराले बिदाई गरे
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
युवासंघ र अनेरास्ववियुलेजलायो निर्वाचन अायुक्तको :पुल्ला
युवासंघ र अनेरास्ववियुलेजलायो निर्वाचन अायुक्तको :पुल्ला
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा