पच्चीस जना महिलालाई आत्मरक्षा तालिम दिइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पच्चीस जना महिलालाई आत्मरक्षा तालिम दिइयो

सारांश

  • २९ वैशाख,काठमाडौंका २५ जना महिलाहरूलाई चेतनामूलक आत्मरक्षा प्राविधिक तालिम दिइएको छ ।
  • पुरूषप्रधान समाजमा महिला हिंसा निरूत्साही गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो ।
  • काठमाडौं महानगरपालिका वडा नं।

२९ वैशाख,काठमाडौंका २५ जना महिलाहरूलाई चेतनामूलक आत्मरक्षा प्राविधिक तालिम दिइएको छ । पुरूषप्रधान समाजमा महिला हिंसा निरूत्साही गर्ने उद्देश्यले तालिम आयोजना गरेको हो । काठमाडौं महानगरपालिका वडा नं। २० को शान्ति निकुञ्जमा २७ र २८ गते दुईदिन सम्म आयोजित तालिम सम्पन्न भएको छ ।आत्मरक्षा तालिमको लागि १४ देखि ३५ उमेर समुहका महिलालाई आह्वान गरेको भएपनि ७३ वर्षकी आमैले पनि उत्सुक भएर सहभागिता जनाउनु भएको छ ।अध्यक्ष शिला साय्‌मिले जनाइन् । साय्‌मिका अनुसार तालिममा काठमाडौंको मरूटोल निवासी ७३ वर्षिया ईश्वरी महर्जनको सहभागिताले सबैलाई उत्प्रेरणा मिलेको छ ।प्रशिक्षक पद्‌मा खयरगोली, जयन्ती श्रेष्ठ, रोजिना लोहनी, रविन्द्र श्रेष्ठले सामुहिक रूपमा हिंसाविरूद्धको आत्मरक्षा तालिम दिएका हुन् ।

आकस्मिक रूपमा कोहि कसैले आक्रमण गर्दा वा सार्वजनिक ठाउँमा हिंसा गर्न खोज्नेलाई प्रतिकार गर्ने तरिका तालिम अवधिमा सिकाइएको छ । हुनपनि देशभर हिंसाविरूद्धको अभियान सञ्चालन भइरहँदा तालिमले प्रतिनिधि उदाहरण प्रस्तुत गरेको छ । आत्मरक्षा तालिमले आपराधिक मानसिकता राख्ने पुरूषलाई गतिलो शिक्षा दिने अपेक्षा लिइएको छ ।महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्वदेखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार हो । त्यसमध्ये शारीरिक शोषण, मानसिक तथा यौनिक यातना र दुर्व्यवहारलाई बुझाउँछ । ओरेक नेपालले सन् २०१० जनवरीदेखि मार्चसम्म गरेको एक अध्ययन अनुसार पूर्वाञ्चलका सात जिल्लामा ७६ वटा महिला हिंसाका घटना भएका छन् । महिला हिंसाका घटना शहरको तुलनामा गाउँमा बढी भएको अध्ययनले देखाएको छ ।

 

पेशाको आधारमा हेर्दा घरभित्र काम गर्ने मजदुर महिलामाथि बढी हिंसा भएको देखिन्छ । सामाजिक परम्पराको कारणले सबैभन्दा बढी महिलामाथि हिंसा भएको पाइएको छ।त्यस्तै संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । संसारभरिका ३५ प्रतिशत महिलाहरु आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ ।अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ ।चेतनामूलक आत्मरक्षा प्राविधिक तालिम समापन कार्यक्रममा ३ नं। प्रदेश सांसद जीवन डंगोल, पूर्व सांसद राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौं बीस वडाबाट प्रतिनिधि शोभा मानन्धर, पत्रकार, गृहिणी, विद्यार्थी लगायतको सहभागिता थियो । संस्थाले जेष्ठ नागरिकको क्षेत्रमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?