गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या

सारांश

  • बुटवल, २१ पुस ,।
  • रुपन्देहीको देवदह नगरपालिका ढेका भन्ने स्थानमा गोली चलेको छ ।
  • स्थानीय बलु भनिने बसन्त पौडेलको टाउकोमा गोली लाग्दा उनको मृत्यु भएको छ ।

बुटवल, २१ पुस ,। रुपन्देहीको देवदह नगरपालिका ढेका भन्ने स्थानमा गोली चलेको छ । स्थानीय बलु भनिने बसन्त पौडेलको टाउकोमा गोली लाग्दा उनको मृत्यु भएको छ ।

गोलीबाट घाइते पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो । गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र रोहिनी खोलातिर भागेको बताइएको छ ।

घाइते पौडेल स्थानीय काठ व्यवसायी हुन् । उनी करीव १ वर्षअघि २०७३ पुस ४ गते गोली हानी मारिएका युवासंघका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारीका पार्टनर हुन् । दुर्गा तिवारीलाई गोली हानिएको स्थाननजिकै पौडेललाई पनि गोली हानिएको छ ।

दुर्गा तिवारीलाई मनोज पुन नाम गरेका व्यक्तिले आफूले हत्या गराएको दावी गरेका थिए । बसन्तलाई पनि मनोज पुनकै नामबाट पछिल्लो समयमा धम्की आउने गरेको स्रोतले बतायो । गोली हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
विश्वविद्यालयमा तोडफोड गर्ने १४ विद्यार्थी प्रहरीको नियन्त्रणमा
भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ
भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ
आज अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?
आज अमेरिकी डलरको भाउ बढ्यो, अन्यको कति ?
आरन चलाएर जीविकोपार्जन
आरन चलाएर जीविकोपार्जन
साउन १५ गते बुधबारको राशिफल यस्तो छ
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु
पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे

तपाईंले छुटाउनुभयो कि?