चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
४५ पटक हेरिएको
Shares
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग

सारांश

  • चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।
  • बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ ।बरियारपट्टी गाउँपालिकास्थित तेनुवापट्टीका वीरेक्षण यादवको घरमा चोरी गरेको भन्दै स्थानीयवासीबाट कुटिएका सैनिक जवान बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहको उपचारको क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको सङ्खुवासभाको खाँदबारीस्थित गणमा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला गत वैशाख २८ गते तेनुवापट्टीका स्थानीयवासीले चोरी गरेको भन्दै बिजुली पोलमा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।कुटपिटबाट गम्भीर घाइते भएका सैनिक जवान सिंहको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । घटनालगत्तै तेनुवापट्टी गाउँका अधिकांश पुरुष गाउँ छाडेर भागेका छन् । गाउँमा महिला मात्रै रहेको र पुरुष नभेटिएकाले कसैलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्ररूपमा भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।यसैबीच घटनाको विरोधमा सोहपुरका स्थानीयवासीले अबरुद्ध गरेको सिरहाको सुखीपुर–बरियारपट्टी सडकखण्ड दोषीलाई पक्राउ गरी कारवाही गर्ने प्रतिबद्धतापश्चात सञ्चालन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महेश बस्नेतको अनुभवःहजुरबा समानका वडाध्यक्षहरु र काकाजस्तो सचिव
महेश बस्नेतको अनुभवःहजुरबा समानका वडाध्यक्षहरु र काकाजस्तो सचिव
कसैले भन्दैमा गठबन्धन टुट्दैन : प्रचण्ड
कसैले भन्दैमा गठबन्धन टुट्दैन : प्रचण्ड
तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा
तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
आगलागीबाट रु २५ लाखको क्षति
आगलागीबाट रु २५ लाखको क्षति
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
रोहिंग्या शरणार्थीका कारण कपनबासी त्रसित, अपराध र विकृति थपिदै
रोहिंग्या शरणार्थीका कारण कपनबासी त्रसित, अपराध र विकृति थपिदै
उदयपुरमा सर्प ले डसेर एक महिलाको मृत्यु
उदयपुरमा सर्प ले डसेर एक महिलाको मृत्यु