आगलागीबाट रु २५ लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
१४ पटक हेरिएको
Shares
आगलागीबाट रु २५ लाखको क्षति

सारांश

  • धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ ।
  • गएराति १ः५० बजेको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
  • विद्युत् सर्ट भएर भएको आगलागीबाट झण्डै रु २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ ।

गएराति १ः५० बजेको समयमा भएको आगलागीबाट जोशी फर्निचर उद्योगमा रहेको मेसिन र काठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

विद्युत् सर्ट भएर भएको आगलागीबाट झण्डै रु २५ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा ३ः३० बजे आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?