यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
२० पटक हेरिएको
Shares
यसरी मनाए सिन्धुपाल्चोकका शेर्पाले बुद्ध जयन्ती (फोटो फिचर)

सारांश

  • २५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ ।
  • यसैक्रममा सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँमा स्थायी तथा अस्थायी रुपमा बसिरहेका शेर्पा समुदायले पनि विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाएका छन् ।
  •   सिन्धुपाल्चोक शेर्पा समाज सेवाको संयोजनमा आयोजना भएको बुद्ध जयन्ती कार्यक्रममा करिब २ सयको संख्यामा शेर्पा समुदायका उपस्थित भएका थिए ।

२५६३ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम मनाइएको छ । यसैक्रममा सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँमा स्थायी तथा अस्थायी रुपमा बसिरहेका शेर्पा समुदायले पनि विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाएका छन् ।

 

सिन्धुपाल्चोक शेर्पा समाज सेवाको संयोजनमा आयोजना भएको बुद्ध जयन्ती कार्यक्रममा करिब २ सयको संख्यामा शेर्पा समुदायका उपस्थित भएका थिए । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको बौद्धस्थित कार्यालयमा विशेष पूजापाठ तथा विश्व शान्तिको कामना गरिएको थियो ।

 

पूजापाठ सम्पन्न गरे पछि झाँकीसहित र्याली आयोजना गरिएको थियो । बौद्धबाट सुरु भएको र्याली चावहिलस्थित चारुमती बौद्ध विहार र कुटुबहालस्थित प्राचीन बुद्ध मुर्तिको दर्शन गरी पूनः बौद्धस्थित शेर्पा सेवा केन्द्रमा आइपुगेको थियो ।

गौतम बुद्धका उपदेश, जीवन निर्वाहका लागि उनले देखाएको मार्गमा हिड्न र विश्वमा शान्तिको सन्देश फैलाउन उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरिएको सिन्धुपाल्चोक शेर्पा समाज सेवका अध्यक्ष बहादुर शेर्पाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?