आज श्रीकृष्ण जन्माष्टमी पर्व

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
४४ पटक हेरिएको
Shares
आज श्रीकृष्ण जन्माष्टमी पर्व

सारांश

  • काठमाडौँ।
  • वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।
  • ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

काठमाडौँ। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ। यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ।

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री लार्इअस्वस्थ भनेपछि…
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव
नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
कृषक लाई उन्नत बीउ बितरण
कृषक लाई उन्नत बीउ बितरण
एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान
सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान
Signs of a Healthy Romantic relationship – Producing Healthy Romances
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने