विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०८०
|
|
४० पटक हेरिएको
Shares
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

सारांश

  • काठमाडौं ।
  • विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा दश हजार कर लाग्ने भएको छ ।
  • अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ ।

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ ।

विसं २०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

“आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट दश हजार,अन्य स्मार्टफोनका लागि तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रति फोनसेट दुई सय कर लाग्नेछ”,आर्थिक विधेयक २०८० मा भनिएको छ ।

तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ ।

त्यस्तै, सरकारले वैदेशिक रोजगारीमा जानेलाई एक प्रतिशत सेवा शूल्क लगाएको छ । “वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतप्राप्त व्यक्तिले वैदेशिक रोजगारीमा जाने व्यक्तिबाट असुल गरेको रकमबाट एक प्रतिशतका दरले वैदेशिक रोजगार सेवा शुल्क दाखिल गर्नुपर्नेछ”, आर्थिक विधेयकमा भनिएको छ ।

त्यस्तो रकम वैदेशिक रोजगारमा जाने व्यक्तिको हितमा खर्च गरिने आर्थिक विधेयकमा उल्लेख छ । यस्तो सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीले हरेक महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सम्बन्धित राजस्व कार्यालयमा पठाइ सक्नुपर्नेछ । यस्तो शुल्क दाखिल नगरेमा १५ प्रतिशतका दरले ब्याज लगाई असुल गरिने आर्थिक विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
प्रचण्डको दिमागमा देवघाटका बाँदर र बर्दियाको जङ्गल
प्रचण्डको दिमागमा देवघाटका बाँदर र बर्दियाको जङ्गल
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
चीनमा रहेका नेपालीलाई कोरोनाको संक्रमण नभएको दावी
चीनमा रहेका नेपालीलाई कोरोनाको संक्रमण नभएको दावी
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शिर्ष स्थानमा
काठमाडौं महानगरपलिकाको ,महिनामा  खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च  !
काठमाडौं महानगरपलिकाको ,महिनामा खाजा, बैठक भत्ता र सवारीमा मात्रै रु ४० लाख बढी खर्च !
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
विद्युत अनियमित भएपछि व्यवसायीहरुको यस्तो उठ्यो रिस
विद्युत अनियमित भएपछि व्यवसायीहरुको यस्तो उठ्यो रिस