‘माया तिमी’ सार्वजनिक (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- रंग पत्रकार राजिब के श्रेष्ठको निर्देशनमा बनेको भिडियो सामाजिक सञ्जाल युट्युवमा रिलिज गरिएको छ ।
- पत्रकार श्रेष्ठको निर्देशन तथा गायक विकास राईको आवाजमा सजिएको ‘माया तिमी’ गीतको नयाँ भिडियो सार्वजनिक गरिएको हो ।
काठमाडौं । रंग पत्रकार राजिब के श्रेष्ठको निर्देशनमा बनेको भिडियो सामाजिक सञ्जाल युट्युवमा रिलिज गरिएको छ । पत्रकार श्रेष्ठको निर्देशन तथा गायक विकास राईको आवाजमा सजिएको ‘माया तिमी’ गीतको नयाँ भिडियो सार्वजनिक गरिएको हो ।
दिपेन्द्र खड्काको शब्द तथा राम विश्वको संगीतमा ‘माया तिमी’ बोलको गीतलाई गायक राईले सुमधुर स्वरबद्ध गरेका छन् । यो गीतलाई टेकेन्द्र याक्सोले एरेञ्ज गरेका हुन् । गायक राईको यस गीतको भिडियोमा किरण लाकोल र सृजना तामाङको फिचरीङ रहेको छ । साथै यो गीतको भिडियोमा सरोज श्रेष्ठले अतिथीको भूमिकामा अभिनय गरेका छन् ।
‘माया तिमी’ गीतको भिडियोलाई निर्देशक श्रेष्ठले उत्कृष्टता दिने प्रयास गरेका छन् । यस भिडियोलाई रोशन श्रेष्ठले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् ।
https://www.youtube.com/watch?v=nltVSLfc8JE
प्रतिक्रिया