कपिल शर्माले गिनिज बुकमा लेखाए नाम
सारांश
- मुम्बई।
- चर्चित कमेडियन कपिल शर्माको नाम वल्र्ड बुक अफ रेकर्डसले भारत र विदेशमा सबैभन्दा धेरै हेरिने स्ट्याण्डअप कमेडियनका रुपमा दर्ज गरेको छ।
- कपिलका गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएको सोनी टिभीको अफिशिल इन्स्टाग्राममा जानकारी दिइएको छ।
मुम्बई। चर्चित कमेडियन कपिल शर्माको नाम वल्र्ड बुक अफ रेकर्डसले भारत र विदेशमा सबैभन्दा धेरै हेरिने स्ट्याण्डअप कमेडियनका रुपमा दर्ज गरेको छ। कपिलका गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएको सोनी टिभीको अफिशिल इन्स्टाग्राममा जानकारी दिइएको छ।
सोनी टिभीले सर्टिफिकेट शेयर गर्दै लेखेको छ, ‘हामी सबैलाई लागि यो निकै खुशीको क्षण हो। वल्र्ड बुक अफ रेकर्डसद्वारा इण्डिया र विदेशमा सबैभन्दा धेरै हेरिने कमेडियन र एनीमल राइट्सलाई प्रमोटकालागि सम्मानित गरेकोप्रति हामी कमेडी किङ कपिल शर्मालाई बधाइ दिन्छौं।’ ३८ वर्षका कपिल शर्माले स्ट्याण्डअप कमेडियनका रुपमा कयौं शोजमा काम गरेका छन्। उनको पहिचान भने कमेडी नाइट विद कपिलबाट बन्यो। २०१३ मा सुरु भएको यो शो २०१६ सम्म चलेको थियो।
त्यसपछि उनले द कपिल शर्मा शो, फ्यामिली टाइम विद कपिल शर्मा होस्ट गरिसकेका छन्। अहिले भने उनी द कपिल शर्मा शोको दोस्रो सिजनमा व्यस्त छन्। कपिलको शो आज बलिउड सेलेब्सको प्रमोशन गर्ने राम्रो विकल्प भएको छ।
कुनै समय यस्तो पनि थियो, कपिलको शोमा आउन कुनै पनि कलाकार तयार हुँदैन थिए। त्यो बेला कपिलको पहिलो पाहुना अभिनेता धर्मेन्द्र बनेका थिए। केही दिन अगाडि एक अन्तर्वातामा कपिलले भनेका थिए, ‘त्यसो त सबै पाहुना सहयोगी नै भए। तर एक जना हुनुहुन्छ जसलाई म धेरै सम्मान गर्छु। उहाँ हो धर्मेन्द्र। जब मैले कमेडी नाइट्स विथ कपिल सुरु गरेको थिएँ, त्यो बेला कोही पनि स्टार यो शोमा आउन चाहँदैन थिए। तर धर्मेन्द्र मेरो शोमा आउनु भयो र मलाइ धेरै आर्शीवाद दिनु भयो।’
प्रतिक्रिया