मोदीले अन्र्तवार्ताकालागि किन अक्षयलाई चुने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
मोदीले अन्र्तवार्ताकालागि किन अक्षयलाई चुने ?

सारांश

  • मुम्बई।
  • बलिउड अभिनेता अक्षय कुमारले केही दिन अगाडि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीको अन्र्तवार्ता गरे।
  • उक्त अन्र्तवार्तामा अक्षयले मादीलाई गैह्र राजनीतिक प्रश्न सोधेका थिए।

मुम्बई। बलिउड अभिनेता अक्षय कुमारले केही दिन अगाडि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीको अन्र्तवार्ता गरे। उक्त अन्र्तवार्तामा अक्षयले मादीलाई गैह्र राजनीतिक प्रश्न सोधेका थिए।  अक्षयले मोदीलाई उनको निजी जीवनसँग जोडिएका प्रश्न सोधेका थिए। प्रधानमन्त्री मोदीले पनि निकै रुची पूर्वक ती प्रश्नको जवाफ दिएका थिए। यो अन्र्तवार्ता सार्वजनिक भएपछि सामाजिक संजालमा यो निकै भाइरल भयो। यद्यपी सबैको मनमा यो अन्र्तवार्ताकालागि अक्षय कुमारलाई नै किन चुनियो? यो विषयमा नयाँ खुलासा भएको छ।

भारतीय संचारमाध्यमका अनुसार मोदीले पहिला देखि नै अन्र्तवार्ताकालागि चुन्न चाहन्थे। किनभने अक्षयले जनताकाबीचमा हिरोको छवि बनाएका छन्। यद्यपी अन्र्तवार्ताका लागि सलमान र अमिर खानको नामका पनि छलफल भएको थियो, तर अन्तिममा अक्षयलाई नै चयन गरियो।

भारतीय संचारमाध्यमका अनुसार सलमान खानको इमेज न धेरै देशभक्त छ, न उनले प्रधानमन्त्रीसँग क्याजुअल कुरा गर्न सक्छन्। अमिर खानले केही समय अगाडि देशको अवस्था देखेर आफ्नी पत्नी देश छोडेर बाहिर जान चाहेको  बताएका थिए।


 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?