सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति
सारांश
- काठमाडौं ।
- आँधीखोलामा सुली मिसाएर माछा सखाप पार्ने खिलुङ कालिका एग्रो फर्मलाई ४० लाख रुपियाँसहित १ लाख माछाका भुरा छोड्नुपर्नेगरी कार्वाही भएको छ ।
- सुली मिसाएर माछा मारेको झन्डै पाँच महिनापछि एग्रो फर्मलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जरिवाना र क्षतिपूर्ति सुनाएको छ।
काठमाडौं । आँधीखोलामा सुली मिसाएर माछा सखाप पार्ने खिलुङ कालिका एग्रो फर्मलाई ४० लाख रुपियाँसहित १ लाख माछाका भुरा छोड्नुपर्नेगरी कार्वाही भएको छ ।
सुली मिसाएर माछा मारेको झन्डै पाँच महिनापछि एग्रो फर्मलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जरिवाना र क्षतिपूर्ति सुनाएको छ। गत बैशाख २१ गते राति कालिका एग्रोले आँधीखोलामा सुली मिसाएपछि खोलाका सबै माछा मरेका थिए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार एग्रो फर्मलाई ४० लाख रुपैंया क्षतिपूर्ति तिर्नुपर्ने छ भने माछाका भुरा आँधीखोलामा छोड्नुपर्ने निर्णय गरेको छ । यो निर्णयसँगै एग्रो फर्मले लोपोन्मुख जातका सहर, कत्ले, ठेडामाछा, गर्दी, हाडे, राजाबाम र रेवा जातका ५०/५० हजार माछाका भुरा आँधीखोलामा छाड्नुपर्ने पर्नेछ भने तीन वर्षसम्म आँधीखोलाको रेखदेख गर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार ४० लाख क्षतिपूर्ति मध्ये २० लाख गल्याङ नगरपालिका र २० लाख कालीगण्डकी गाउँपालिकालाई दिनुपर्नेछ। गल्याङ नगरपालिकाले भने पहिल्यै २० लाख रुपैया फोहोर व्यवस्थापनको नाममा लिइसकेको छ।
माछा प्रभावित क्षेत्रमा चिसापानी मत्स्य विकास केन्द्र र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारीको प्रत्यक्ष रोहवर, समन्वय र नेतृत्वमा माछाका भुरा छाड्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया