नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०८०
|
|
१६ पटक हेरिएको
Shares
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न

सारांश

  • काठमाडौं ।
  • नेपाल–भारत अन्तर सरकारी समितिको बैठक सम्पन्न भएको छ ।
  • शुक्रबार र शनिबार अनाधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति (आइजीएससी)को बैठक काठमाडौंमा भएको हो ।

काठमाडौं । नेपाल–भारत अन्तर सरकारी समितिको बैठक सम्पन्न भएको छ । शुक्रबार र शनिबार अनाधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी भारत–नेपाल अन्तर–सरकारी उपसमिति (आइजीएससी)को बैठक काठमाडौंमा भएको हो ।

उक्त बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशल र नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए ।

व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्त्वपूर्ण विषयमा छलफल गरिएको बताइएको छ । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरे । भारतीय पक्षले एफडीआईलाई प्रोत्साहन गर्न हेतु पेरिस महासन्धिको प्रावधानअनुसार आईपीआर व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको जनाइएको छ ।

नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्वाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहलहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?