चर्चामा चितवन ३ : प्रचण्ड कि पाण्डे ? यस्तो छ आंकलन
सारांश
- चितवन, मंसिर १७ – दोस्रो चरणको चुनावमा चितवन क्षेत्र नम्वर ३ सबैभन्दा धेरै चर्चामा छ ।
- वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उम्मेदवार भएकाले यो क्षेत्र सबैभन्दा धेरै चर्चित भएको हो ।
- २०७० सालको चुनावमा कांग्रेसले एक र राप्रपाले एक सिट जितेको ठाउँमा अहिले प्रचण्ड उम्मेदवार हुनुहुन्छ ।
चितवन, मंसिर १७ – दोस्रो चरणको चुनावमा चितवन क्षेत्र नम्वर ३ सबैभन्दा धेरै चर्चामा छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे उम्मेदवार भएकाले यो क्षेत्र सबैभन्दा धेरै चर्चित भएको हो ।
२०७० सालको चुनावमा कांग्रेसले एक र राप्रपाले एक सिट जितेको ठाउँमा अहिले प्रचण्ड उम्मेदवार हुनुहुन्छ ।
प्रतिनिधिसभाको चुनावमा ‘हेभिवेट’ उम्मेदवार प्रचण्ड र पाण्डे दुवै एकअर्काको भोटमा भर पर्नुपर्ने अवस्था छ । विक्रम पाण्डे संविधानसभाको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको थियो । त्यतिबेला क्षेत्र ५ मा परेको ठाउँहरु अहिले क्षेत्र नम्बर ३ मा पर्छ ।
प्रचण्डले चितवन ३ का नागरिकले आफूलाई जिताउने र आफूले नै देशकै नेतृत्व गर्ने समेत बताउँदै आउनुभएको छ । पाण्डेले पनि चितवन ३ बाट जितेर देशकै नेतृत्व गर्ने बताउँदै आउनुभएको छ ।
चितवन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । साविक नारायणी नगरपालिका र चित्रवन नगरपालिका यही क्षेत्रमा पर्छन् । साविक चित्रवन नगरपालिकामा नेपाली कांग्रेस बलियो छ । यस क्षेत्रलाई कांग्रेसको गढ मानिन्छ ।
क्षेत्र ३ मा स्थानीय तहको १९ वडाको हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा कांग्रेसको मत बढी छ । १९ वडा मध्ये ६ वटा एमाले ३ वटा माओवादी र ११ वटा वडा कांग्रेसले जितेका हुन् ।
२०७० सालमा तत्कालीन क्षेत्र नं. ४ मा सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आएका आउनुभएको थियो । अहिलेको ३ नम्बर क्षेत्र त्यतिबेला ४ मा परेको थियो । २०४८ सालदेखि नै हाल चितवनको ३ नम्बरमा क्षेत्रमा परेका ठाउँहरु कांग्रेसको आधार इलाका मानिन्छन् ।
स्थानीय तहको चुनावमा क्षेत्र नम्बर ३ मा परेको माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका ठाकुर ढकाल बिजयी भएपनि माडीमा कांग्रेस, माओवादी केन्द्र र एमाले र राप्रपाको मत पनि बराबरीजस्तो आएको थियो । कांग्रेस, माओवादी केन्द्र र एमालेको फरक उम्मेदवार भएको भए चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले जित्ने सम्भावना बलियो थियो ।
स्थानीय चुनावमा क्षेत्र ३ मा पर्ने १९ वटा वडाको कांग्रेसले पाएको मत जोड्दा २३ हजार २३७ छ । एमालेको जोड्दा २१ हजार १३० मत छ । माओवादी केन्द्रको मत दुबैका भन्दा कम छ । माडी नगरपालिकाको सहितको मतलाई जोड्दा कांग्रेसको मत २७ हजार कट्छ । माडीको मतसहित एमालेको सम्पूर्ण मत जोड्दा २४ हजार कटेको छ ।
चितवन ३ मा वाम गठबन्धनको मत जोड्दा कांग्रेसको मतभन्दा ८ हजारले बढी छ । क्षेत्र ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २६, २५ र १३ मा माओवादी केन्द्रको मत बढी छ । स्थानीय चुनावमा यस वडाको नेतृत्वमा माओवादी केन्द्रले जितेको थियो । वडा नम्बर १३ लाई माओवादी केन्द्रको गढ नै मानिन्छ ।
स्थानीय तहको चुनावपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि जिल्लामा मतदाता संख्या ३ लाख ५४ हजार ३५ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् ।
स्थानीय तहको निर्वाचनका बेला जिल्लामा ३ लाख १३ हजार २ मतदाता थिए । कार्यालयका अनुसार १ लाख ८४ हजार ६९ जना महिला र १ लाख ६९ हजार ९ सय ६५ जना पुरुष मतदाता रहेका छन् । कांग्रेसको भोट बाँडिएर प्रचण्डलाई आयो भने नतिजा फरक आउनेछ । दुवै उम्मेदवार एकअर्काको मतमा भर परेका छन् ।उज्यालो अन्लाईन बाट
Raz Birjung Rana
जित पाण्डे को नै हुनु पर्छ बुडा पाका हरुलाइ साइड लगाउनु पर्छ युबा लाइ देश सुम्पीनु पर्छ हेरी सकेउ हामी ले पुष्प कमल दाहाल लाइ पनी देश माने माने मात्र भनेर मात्र चल्दैन हजुर
Pradeep Ghimire
chora ko byaj ta chahioni
Shalik Khatri
Naya neta ko absar ayi hai.
Raju Sth
पान्दे को जीत
Jiban Gurung
2
नारायण रानाभाट
पाण्डेलाई जिताउन पर्छ .. यो दहिचिउरे 2 जिब्रे बामपंथी लाई हराए हुन्थ्यो ।
Bhuwananda Gaire
Pandey
Bhuwananda Gaire
2222222
Ranjit Chaudhari
पाण्डे लाई जिताउनु पछ
सन्जय साप्कोटा
Prachanda✊✊✊
Gb Chettri
काहा प्र्चन्ड काहा पान्डे पान्डेनै ठिक होनि।
Chandrakala Adhikari Koirala
Pande nai honi.yasta dahichiure prachande hattera lai gahiro jhapad dinupar6 protshan hoina
Bibek Khadka
Parchanda
Santosh Biswokarma
1111111111111✊✊✊✊✊100000%11111111111no dout
K Kumar Khadka
Prachanda
Milan Thapa
Panday
Hari Hancy Hero Hero
Panday la getanu parx