बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
१३ पटक हेरिएको
Shares
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग

सारांश

  • पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।
  • एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।
  • बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । 

निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन् ।उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी बताउनुभयो । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ । घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् ।

सुरक्षित आश्रम भवन निर्माण

बाढी प्रभावित क्षेत्र मानिने पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवामा सुरक्षित आश्रम भवन निर्माण गरिएको छ । विभिन्न विपद्को अवस्थामा स्थानीयलाई आश्रय प्रदान गर्ने उद्देश्यले बहुउद्देश्यीय आश्रय भवन निर्माण गरिएको हो । सोही क्षेत्रका स्थानीयलाई विशेष गरी बाढीको समयमा हुनसक्ने समस्यालाई मध्यनजर गरी सुरक्षित आश्रय भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले जानकारी दिनुभयो ।

करीब रु ५० लाखको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो । सरावल गाउँपालिकाअन्तर्गत वडा नं ५, ६ र ७ लाई डुबानको जोखिम क्षेत्र मानिन्छ । यहाँका स्थानीयलाई अब वर्षाको बेलामा केही सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो । निर्माण गरिएको भवनमा पाँच वटा कोठा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
पैसा तिर्न नसक्दा अस्पतालकाे बदनाम गर्न खाेजियाे: नर्भिक अस्पताल(भिडियाे सहित)
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
वर्ल्डलिंककाे ठगि धन्दा, पैसा २० एमबीपीएसकाे लिने सेवा एकतिहाइ एमबीपीएस मात्र !
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
दाजुको नाममा बहिनीले परिक्षा दिदाँ‘
दाजुको नाममा बहिनीले परिक्षा दिदाँ‘
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
चीनमा पढेका ११० डाक्टर किन नेपालमा फेल भए ?
चीनमा पढेका ११० डाक्टर किन नेपालमा फेल भए ?
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो

तपाईंले छुटाउनुभयो कि?