४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
१५ पटक हेरिएको
Shares
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!

सारांश

  • काठमाडौं, ४ जेठ।
  • तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएसँगै गठन भएको नेकपामा केन्द्रीय समिति र पोलिटव्यूरोलाई पूर्णता दिन नेताहरुकाे दाैडधुप सुरूभएकाे छ ।
  • तत्कालिन एमाले र माओवादीले ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेका छन् ।

काठमाडौं, ४ जेठ। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएसँगै गठन भएको नेकपामा केन्द्रीय समिति र पोलिटव्यूरोलाई पूर्णता दिन नेताहरुकाे दाैडधुप सुरूभएकाे छ ।

तत्कालिन एमाले र माओवादीले ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेका छन् ।

जसमा तत्कालिन एमालेले २ सय ४१ जना केन्द्रीय सदस्य पाएको छ । एमालेले अब ४० जना नयाँ केन्द्रीय सदस्य छान्नुपर्ने छ । उसले आफ्ना यसअघिका स्थायी समितिका सदस्यहरुलाई नै नेकपाको स्थायी समितिमा पठाउने भएकाले त्यसमा समस्या छैन । बाँकी रहेका ४० जना केन्द्रीय सदस्य चयनका लागि तत्कालिन एमाले नेताहरु सक्रिय भएका छन् । थपिने केन्द्रीय सदस्यमा पर्नका लागि नेताहरुले दौडधुप गरिरहेका छन् ।

माओवादीले पनि छान्दै

त्यस्तै तत्कालिन नेकपा माओवादीले २०० सय जना केन्द्रीय सदस्य छान्नु पर्नेछ । त्यस्तै १९ जना स्थायी समिति सदस्यका तत्कालिन माओवादीले छान्नु पर्ने छ । माओवादीमा यसअघि करीब ४ हजार केन्द्रीय सदस्य रहेका थिए । जसका कारण उसले केन्द्रीय सदस्य तथा स्थायी समितमा नेताहरु चयन गर्नु पर्ने छ ।

यसका लागि तत्कालिन माओवादी नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादीले स्थायी समिति, केन्द्रीय समितिका सदस्यहरुको टुंगो लगाएपछि पोलिटव्यूरोको टुंगो लगाउने तयारी गरेका छन् ।

यसअघि विहिबार नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाइएको पत्रमा नेकपा एमालेका तर्फबाट उपलव्ध भएका केन्द्रीय सदस्य र माओवादीका तर्फबाट सचिवालय सदस्यहरुले मात्र हस्ताक्षर गरेका थिए ।

तल्ला कमिटीहरुको एकीकरण

घोषणा सभामा नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले केही समयभित्रैमा तल्ला कमिटि र जनवर्गिय संगठनहरुको एकता गर्ने बताएका थिए । केन्द्रीय कमिटिको आकारका आधारमा तल्ला कमिटिहरु बनाउने प्रस्ताव पार्टी विधान मस्यौदा कार्यदलले गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?