प्रेस काउन्सिल नेपाललार्इ प्रेस युनियनकाे चेतावनि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,  २५ साउन।
  • प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका बर्गिकरणको नजिता खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ ।
  • काउन्तिसलले यही साउन २४ गते नतिजा सार्वजनिक गरेको थियो ।

काठमाडौं,  २५ साउन। प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका बर्गिकरणको नजिता खारेज गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । काउन्तिसलले यही साउन २४ गते नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजामा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको  अारोप लगाउँदै युनियनले खारेज गरी पुनरावलोकन गर्न माग गरेको हो ।

‘पत्रपत्रिका बर्गिकरणपछि दिइने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरुलाई नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।’ युनियनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ । पत्रपत्रिका बितरण संपरीक्षण समितिको सिफारिसलाईसमेत लत्याउदै बोर्ड बैठकसमेत नबसी फरक नतिजा प्रकाशन गरिएको आरोप युनियनको छ ।

‘काउन्सीलले एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्बजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ ।’ युनियनको टिप्पणी छ । आमसञ्चार माध्यमहरु काउन्सिलको कोपभाजनमा परेको भन्दै युनियनले देश्भरका पत्रकारलाई साथमा लिएर आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?