भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
१७ पटक हेरिएको
Shares
भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

सारांश

  • चितवन।
  • भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्।
  • मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन्।

चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्। मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन्।

अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ। महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। साेमबार बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ।

प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन्। प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन्।

उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन्।

प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेका हुन। हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ। महानगर पालिकामा २९ वडा छन्। यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ। महानगरपालिकामा जित नजिक पुगेकी दाहाल यसअघिको महानगरको प्रमुख थिइन्।

नलाई कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोग रहेको छ। निकट मत रहेका सुवेदी बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवार भएका हुन्। उनलाई राप्रपाको साथ रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?